पोखरा । भारतका प्रसिद्ध धावक फौजा सिंहको निधन भएको छ।
११४ वर्षीय फौजाको सोमबार दिउँसो करिब ३ बजे सडक दुर्घटनामा परी निधन भएको हो ।
परिवारका अनुसार, उनी दिउँसो घरबाट निस्किएर जालन्धर–पठानकोट राष्ट्रिय राजमार्ग पार गर्दै एक ढाबातर्फ जाँदै थिए, त्यही बेला जालन्धरबाट पठानकोट जाँदै गरेको सवारीले ठक्कर दिँदा उनको मृत्यु भएको हो।
फौजालाई तत्काल अस्पताल पुर्याकइएको थियो तर केही समयमै उनलाई अस्पतालले मृत घोषित गरेको थियो। सन् १९११ मा जन्मिएका फौजा सिंहले दुईवटा विश्वयुद्ध देखेका थिए भने भारत–पाकिस्तान विभाजनको पीडा पनि उनले नजिकबाट अनुभूति गरेका थिए।
सन् २००४ मा फौजा सिंहले विश्वको ध्यान आफूतर्फ ताने जब उनी फुटबल आइकन डेभिड बेकम र बक्सर मोहम्मद अलीसँग मिलेर एउटा अन्तर्राष्ट्रिय कम्पनीको विज्ञापनमा देखिए। फौजा सिंहले सन् २००० मा ‘लन्डन म्याराथन’ मा दौडिए। ८९ वर्षको उमेर पुग्न एक महिना बाँकी रहँदा उनले यो दौड ६ घण्टा ५४ मिनेटमा पूरा गरेर विश्व भर चर्चा बटुलेका थिए।
उनी १०० वर्षको उमेरसम्म म्याराथन दौडमा सहभागी भइरहे र यसबीचमा उनले धेरै विश्व कीर्तिमानहरू पनि बनाए।
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन