नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले पार्टीमा फर्कन मिल्छ कि मिल्दैन भनेर पार्टीले निर्णय लिने बताएका छन्।
पत्रकार विजयकुमार पाण्डेसँग ‘दिशानिर्देश’ मा अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति भण्डारीले पार्टी राजनीतिमा फर्कने विषयमा आफूसँग सल्लाह पनि नगरेको बताए।
‘यसमा उहाँले अरूसँग मलाई थाहा छैन, मसँग सरसल्लाह गर्नुभएन र पार्टीमा आधिकारिक ढंगले सरसल्लाह गर्नुभएन, कुनै मौखिक वा लिखित पार्टीमा केही गर्नु भएन,’ पूर्वराष्ट्रपति भण्डारीलाई लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले भने।
पूर्वराष्ट्रपति भण्डारीले हालै एमालेको सदस्यता नवीकरण गरेकी थिइन्। यसबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘यसमा पार्टीले बसेर निर्णय गर्नुपर्छ। किनभने हामीले उहाँ आफ्नै हिसाबले राष्ट्रपतिमा जानुभएको होइन। हामीले पठाएको हो, राष्ट्रपति उम्मेदवार हुने भनेपछि पार्टी छाडेर जानुभयो, त्यसअघि हाम्रो उपाध्यक्ष नै हो।’
पत्रकार पाण्डेले प्रधानमन्त्री ओलीलाई पूर्वराष्ट्रपति राजनीतिमा आएकोबारेमा पार्टीले संस्थागत निर्णय गर्छ कि गर्दैन भनेर पनि सोधेका छन्। जबाफमा प्रधानमन्त्री ओलीले, ‘निर्णय त गर्नैपर्छ, उहाँले प्रश्न उठाइसकेपछि र म आउँछु भनेपछि उहाँले नैतिक रूपमा आउन हुन्छ कि हुँदैन। गणतन्त्र, समाज, राजनीति, व्यवस्था र उहाँकै जीवनमा के असर पर्छ यी सबै कुरा सोचेर उहाँलाई दिनुपर्छ सुझाव वा उहाँमाथि गरिनुपर्ने निर्णय पार्टीले गर्न त गर्छ नै।’
उनले यस्तो निर्णय सल्लाह गरेर छिट्टै गरिने पनि बताएका छन्। ‘उहाँले आफैले विचार गर्नुपर्छ जस्तो लाग्छ, खै के बोलिराख्नु भएको छ मैले त बाहिर..’ उनले भने, ‘उहाँले आउँछु भनेर सार्वजनिक रूपमा बोलेका कुरा हामीले जानकारीमा पाएका छौं, ती के हुन् उहाँसँग हामीले सोध्नुपर्छ। हामी निर्णय लिन धेरै ढिलो त गर्दैनौं।’
अहिले भइरहेका गतिविधि एमाले अध्यक्ष भण्डारीलाई हस्तान्तरण गर्ने सुविचारित कुरा त होइन भनेर कतिपयले भन्ने गरेको प्रसंगमा जबाफ दिएका प्रधानमन्त्री ओलीले हाँस्दै भने, ‘अहिले उहाँलाई नेतृत्व हस्तान्तरण गर्ने अवस्था छैन। किनभने एक त उहाँ राजनीतिमा आउनु हुन्छ भनेर पार्टीले ठानेको र मानेको अवस्था नै छैन। दोस्रो, पार्टी काम छाडेर उहाँ धेरै वर्ष नै बाहिर जानुभएको छ, नेतृत्वमा बसेर काम गरेको अनुभव छैन।’
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ