काठमाडौँ । यतिवेला नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन छ र प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली छन् । आलोपालो प्रधानमन्त्री बन्नेगरी सत्ता साझेदारी गरेका एमाले अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई काउन्टर दिने गरी नयाँ राजनीतिक ध्रुवीकरणको प्रयास भएको छ । र, यसको नेतृत्व काँग्रेस सभापतिमा हारेका शेखर कोइरालाले गरेका छन् ।
संस्थापन इतर खेमाको अगुवाई गरेका कोइरालामा प्रधानमन्त्री बन्ने भूत सवार भएपछि काँग्रेस नै फुट्ने खतरा देखापरेको भन्दै काँग्रेसीहरु नै चिन्तित छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सुरूदेखि नै सरकार ढाल्न अनेक प्रयत्न गरेपनि सफल नभइरहेका बेला शेखर नै अघि बढेका छन् ।
स्रोतका अनुसार कांग्रेस नेता शेखर कोइरालालाई भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारेर नयाँ मोर्चाको कसरत भएको हो ।
शेखर कोइरालाले केपी ओली नेतृत्वको सरकार ढाल्नका लागि प्रयास गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सुझाव नै दिएका छन् । बिहीबार प्रचण्ड निवास खुमलटारमा भएको भेटका क्रममा कोइरालाले प्रचण्डलाई यस्तो सुझाव दिएका हुन् ।
स्रोतका अनुसार छलफलका क्रममा प्रचण्डले जनताको आशा कोइरालामा रहेको भन्दै फुरूक्क बनाएका थिए । तर, संसदीय दलको नेता नभएकाले प्रधानमन्त्री हुन नसक्ने बताएका थिए ।
त्यसपछि शेखरले प्रचण्डलाई भने, ‘पहिला यो गठबन्धन सरकार प्रमुख प्रतिपक्षी दलको नेता भएकाले ढाल्ने प्रयास गर्नुस् न । त्यसपछि पो नयाँ खेलहरू सुरु हुन्छन् । दलको नेता, प्रधानमन्त्री को बन्ने र कसरी अघि बढ्ने भन्ने कुरा हुन्छ ।’
दिउँसो तीन बजेदेखि पाँच बजेसम्म दुई घण्टा छलफल भएको थियो । कोइरालाले वर्तमान एमाले– कांग्रेस गठबन्धन रहँदासम्म आफू दलको नेता बन्न नसक्ने बताएको बुझिन्छ । शेखर पछिल्लो समय एमालेसँगको सहकार्यप्रति सन्तुष्ट छैनन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितको ‘नयाँ पोल’ बन्न लागेको हो ।
यही समीकरणको प्रयासस्वरूप शेखर कोइरालाले बिहीवार प्रचण्डसँग लामो भेट गरेका हुन् । सरकारप्रति शुरुदेखि नै आक्रामक रहेका प्रचण्डले कांग्रेसको असन्तुष्ट समुहसँग गरेको यस छलफलले कांग्रेसमा सरकारविरोधी अभिव्यक्ति अझ बढ्न सक्ने बताइएको छ ।
कोइरालाले प्रचण्ड भेटेपछि शुक्रबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि लामो छलफल गरेका छन् । शेखरले शुक्रवार बिहान भण्डारीसँग ९ देखि १० बजेसम्म एक घण्टा लामो वार्ता गरेका थिए ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण