डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय स्याङ्जाले आर्थिक वर्ष २०८१/८२ मा स्याङ्जा र कास्की जिल्लाका लिफ्टिङ खानेपानी योजनाका लागि एक करोड ३३ लाख ६४ हजार ६५६ रुपैयाँ बराबरको विद्युत महसुल अनुदान प्रदान गरेको छ ।
प्रदेश सरकारले लिफ्टिङ खानेपानी योजनामा लाग्ने खर्चमा अनुदान दिने नीति अवलम्बन गरेपछि उक्त कार्यालयले १६९ वटा योजनालाई सहयोग पुर्याएको हो । जसमा स्याङ्जाका १३३ योजनालाई ८६ लाख ७८ हजार रुपैयाँ र कास्कीका ३६ योजनालाई ४६ लाख ८६ हजार रुपैयाँ वितरण गरिएको हो ।
यी योजनामार्फत स्याङ्जामा २१ हजार ९६४ जना र कास्कीमा १३ हजाए ८०८ जना गरी कुल ३५ हजार ७७२ जनासम्म स्वच्छ पानीको पहुँच पुगेको छ ।
डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय स्याङ्जाका प्रमुख हरिप्रसाद तिमिल्सिनाका अनुसार, ‘लिफ्टिङ खानेपानी आयोजनाका लागि विद्युत महसुल अनुदानसम्बन्धी मापदण्ड, २०७९ अनुसार मासिक खपतअनुसार भिन्न-भिन्न दरमा अनुदान दिइएको’ छ ।
२५ हजारसम्मको मासिक विद्युत खर्चमा शतप्रतिशत अनुदान, २५ देखि ४० हजारसम्ममा ७५ प्रतिशत, ४० देखि ६० हजारसम्ममा ५० प्रतिशत, ६० देखि ८० हजारसम्म २५ प्रतिशत र ८० हजारभन्दा बढी विद्युत खपत गर्ने योजनामा १० प्रतिशत अनुदान दिइएको हो ।
त्यस्तै, तीन स्टेज वा बढी स्टेजका योजनाका लागि थप विशेष दरमा अनुदान दिइएको छ । ४० हजारसम्म ९० प्रतिशत, ६० हजारसम्म ६५ प्रतिशत, ८० हजारसम्म ४० प्रतिशत र ८० हजारभन्दा बढी विद्युत खपत गर्ने योजनामा १५ प्रतिशत अनुदान कार्यालयले उपलब्ध गराएको हो ।
कार्यालयका इन्जिनियर कमल बरालका अनुसार, हाल स्याङ्जामा २४७ लिफ्टिङ योजना छन्, जसमा १० योजना पूर्णरुपमा सम्पन्न भइसकेका छन् । आव २०८१/८२ मा एक हजार ५८६ खानेपानी संरचना निर्माण भई आठ हजार ८९ जनालाई प्रत्यक्ष लाभ पुगेको छ ।
प्रदेश सरकार बनेयता १६१ योजना पूर्णरुपमा सम्पन्न भइसकेका छन्, जसबाट २३ हजार ४३ घरमा धारा जडान भई एक लाख १७ हजार ५१७ जनालाई सेवा पुर्याइएको छ ।
बरालका अनुसार, आर्थिक वर्ष ०८१/८२ मा ९५ प्रतिशत वित्तीय प्रगति भएको छ र कुल २३ करोड ३ लाख ४६ हजार रुपैयाँ खर्च गरिएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ