पोखराको पालिखेचोकस्थित प्रतिभा माविले नवआगन्तुक विद्यार्थीका लागि सोमबार स्वागत तथा उत्प्रेरणामुलक कार्यक्रम आयोजना गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) उत्तिर्ण गरि प्रतिभामा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि कार्यक्रम आयोजना गरिएको हो ।
प्रतिभा माविले सोमबार व्यवस्थापन र होटल व्यवस्थापन विषयका विद्यार्थीका लागि स्वागत कार्यक्रम राखेको थियो । मंगलबार भने विज्ञान विषयका विद्यार्थीका लागि पनि कार्यक्रम राख्ने प्राचार्य किरण सापकोटाले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यले उद्घाटन गरे । प्रमुख अतिथि आचार्यले पोखरा विभिन्न तरिकाले परिचित भईरहेकोमा शिक्षाको क्षेत्रबाट पनि उत्तिकै परिचित हुँदै गएको बताए । पोखरामा उत्कृष्ट विद्यालयहरु संचालन भएको अवस्थामा पोखरा शिक्षाको राजधानी बन्दै गएको आचार्यले बताए ।
‘पोखरा पर्यटकीय राजधानी भनिएजस्तै पोखरा शैक्षिक राजधानी पनि बनिरहेको छ । ठूला र उत्कृष्ट विद्यालयले पोखराको शैक्षिक पहिचान फराकिलो बनाईरहेका छन,’ आचार्यले भने । जीवनको गोरेटो कस्तो बनाउने भन्नेमा विद्यार्थी आफैले ध्यान दिनुपर्ने आचार्यको सुझाव छ ।

कार्यक्रममा मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुभिलले जिन्दगीमा सुख दुःख धेरै हुने भएपनि प्रगतिशील हुन विद्यार्थीलाई सुझाए । उनले विद्यार्थीलाई सकारात्मक सोच राख्न पनि सुझाव दिए । ‘सधैं सकारात्मक सोचौं, त्यसो भयो भने सफलता हात पार्छ,’ उनले भने, ‘विद्यार्थी सफल हुनका लागि उनीहरुमा मेहनत जरुरी छ । विद्यार्थीले मेहनतका साथ अध्ययन गर्ने हो भने लक्ष्यमा पुग्न सहज हुन्छ ।’
प्रतिभा संचालक समितिका अध्यक्ष नारायण पौडेलले विद्यार्थीले मेहनत गरेर अध्ययन गरेको खण्डमा त्यसको परिणाम पनि उत्कृष्ट नै आउने बताए । समय अनुसारको शिक्षा दिलाउन विद्यालय हरदम तयार रहेको उनले सुनाए । ‘प्रतिभाले हरेक वर्ष हरेक क्षेत्रमा प्रतिभा उत्पादन गरिरहेको छ । आगामि दिनमा ती प्रतिभा अझै थपिनेछन,’ उनले भने, ‘विद्यार्थीलाई प्रतिभावान बनाउन हामी हरदम छौं ।’

कार्यक्रममा विद्यालयका प्राचार्य किरण सापकोटाले विद्यार्थीले देखेको सपना पूरा गर्नका लागि विद्यालय सदैव तयार रहेको बताए । विद्यार्थीले आफूले आफूमा भएको क्षमता पहिचान गर्न नसक्दा कहिलेकाहिँ समस्या हुने गरेको प्राचार्य सापकोटाले बताए ।
‘आफैले आफैलाई चिन्न नसक्दा कहिलेकाँही गलत दिशातिर जान सकिन्छ । त्यो बेला सचेत हुनुपर्छ,’ उनले भने, ‘आफ्नो क्षमता आफैले पहिचान गर्ने हो । क्षमता बुझेर अघि बढ्नुपर्छ ।’ प्राचार्य आचार्यले आफ्नो जात, धर्म, आर्थिक अवस्था, सामाजिक हिसाबले प्रगतिको सपना देख्नबाट नरोकिन विद्यार्थीलाई सुझाव पनि दिए ।

‘जीवनमा धनी र शक्तिशाली भन्दा असल मान्छे बन्नुपर्छ,’ नवआगन्तुक विद्यार्थीलाई सुझाव दिँदै उनले भने, ‘त्यसका लागि मेहनत चाहिन्छ । उनले प्रतिभा माविले विद्यार्थीलाई संस्कार सहितको शिक्षा दिने बताए ।
‘प्रतिभा माविले किताबी ज्ञान मात्र दिँदैन, व्यक्ति र व्यक्तित्व निर्माण गर्न सघाउँछ, त्यसैको प्रमाण हो–विद्यालयले देशभित्र मात्र नभई विदेशमा पनि पहिचान बनाउन सकेको छ,’ उनले भने ।

उक्त कार्यक्रममा गायिका समीक्षा अधिकारीले विभिन्न गीत गाएर मनोरञ्जन पस्केकी थिइन् । अधिकारीले पोखरामै उत्कृष्ट शैक्षिक संस्थाको पहिचान प्रतिभाले बनाएर सिंगो गण्डकी प्रदेशकै पहिचान बढाएको बताइन् ।

सोमबारको कार्यक्रममा नवआगन्तुत विद्यार्थी सहित उनीहरुका अभिभावक पनि सहभागि थिए । कार्यक्रममा एसइइमा चार जिपिए ल्याएर प्रतिभामा भर्ना भएका विद्यार्थीलाई समेत सम्मान गरिएको थियो ।
तस्वीरः परिचय
सम्बन्धित खबर
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
शिक्षक र विद्यालय कर्मचारीको तलब बढ्यो, कसको कति?
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
एसओएस गण्डकीमा वार्षिक पुरस्कार वितरण
कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा