पोखरा । वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइराला देश बिग्रेको भनेर मात्र मान्न तयार छैनन् । आफुले देख्दादेख्दै धेरै क्षेत्रमा देशले फड्को मारेकोले देश बिग्रेको नभई सप्रेको डा.कोइराला बताउँछन् ।
पछिल्लो समय नेपाल खत्तमै भयो, सबैतिर बिग्रियो, भत्कियो, कामै केही भएन भन्ने मात्र भाष्य सिर्जना भएको छ । युवाको विदेश पलायनको ताती, बढ्दो बेरोजगारी समस्या जस्ता विषयलाई उठान गर्दै देश बिग्रेको भन्ने गुनासो सर्वत्र छ । तर, डा. कोइराला यस्ताखाले भाष्यप्रति फरक मत राख्छन् ।
पोखराको मासवारस्थित मदरल्याण्ड माविले सोमबार माध्यमिक शिक्षा परीक्षा (एसइइ) सकेर कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा निम्त्याइएका डा. कोइराला उपस्थित हुन नपाएपछि भिडियो शुभकामना सन्देश पठाउँदै उनले भने, ‘देश बिग्रेको छैन, बरु सप्रेको छ । देश बिग्रियो भनेर भाष्य मात्र बनेको हो । मैले देख्दादेख्दै देशले धेरै कुरामा फड्को मारेको छ, देश बनेको छ ।’
नेपाल सबैतिर बिग्रियो भनेर नकारात्मक भाष्य मात्र बनेको उनले बताए । ‘हो केही ठाउँमा बिग्रेको पनि छ । तर मैले हेर्दाहेर्दै नेपालले ठूलै फड्को मारेको छ । भौतिक संरचना बनेको बन्यै छन्, समग्रमा हामी अघि बढेका छौं,’ उनले भने ।
सरकारले बनाइदिएको र सिर्जना गरेको काम मात्र गरेर नहुने उनले विद्यार्थीलाई सुझाए । ‘नयाँ नयाँ काम आफै थालनी गर्ने हो भने हाम्रो हाम्रै देशमा पर्याप्त सम्भावना छ । जहाँ चुनौती बढी छ, त्यहाँ सम्भावना पनि रहन्छ,’ कोइरालाले भने । कोइरालाले आफ्नो जीवनकालमा गरेको अनुभव अनुसार नेपालमा जत्तिको सम्भावना र काम गरेर पहिचान कमाउने ठाउँ अन्यत्र छैन ।
‘विदेशमा बस्दा पनि यस्तो पहिचान थिएन । हो, नेपालमा केही दु:ख छ, नेपालमा केही समस्या छन । सुशासनको विषयमा चुनौती छ । तर, यही बसेर सच्चाउनुपर्छ । बाहिर बसेर देशलाई सरापेर मात्र हुँदैन,’ उनले भने । एसइइ पछिको नयाँ विषय छनोटबारे सुझाउँदै कोइरालाले विद्यार्थीमा नयाँ च्याप्टर सुरुवात हुने भएकोले त्यही अनुसार अघि बढ्नुपर्ने बताए ।
‘११ कक्षा नयाँ सुरुवात हो, यो तहको अध्ययनले भविश्यको जग बसाल्ने काम गर्छ । तपाइँ भविश्यमा के विषयमा प्रवेश गर्ने, के मा विशेषज्ञता हासिल गर्ने भनेर यही तहमा निर्भर रहन्छ,’ उनले भने, ‘एकैपटक सबै कुरा अहिले नै निर्णय गरिहाल्नुपर्छ भन्ने छैन । कुनैपनि विषय अहिले नै भन्नुपर्छ भन्ने पनि छैन । तर, चाहना बुझेर पछि पेशा परिवर्तन गर्न सकिन्छ ।

एसइइ पछिको दुई वर्ष गम्भिर रुपमा अध्ययन गर्ने, अन्तरक्रिया गर्ने, नेटवर्किङ बिस्तार गर्ने समय भएकोले त्यही अनुसार विद्यार्थी अघि बढ्नुपर्ने उनको सुुझाव छ । उनले सबै विषय महत्वपूर्ण रहेको पनि बताए । ‘सबै विषयमा उत्तिकै अवसर छ । संगीत र खेलकुदको महत्व नबुझेर हो, उदाहरण दिँदै डा. कोइरालाले भने, ‘समाजमा सबै विषय चाहिन्छ । रुचीका साथ पढ्ने हो भन सबै विषयको ज्ञान उत्तिकै जरुरी छ ।’
विद्यालयले आयोजना गरेको उक्त कार्यक्रमको मेडिकल क्षेत्रको प्रवेशपरीक्षाका लागि तयारी गराउँदै आएको संस्था नेमका संचालक डा. नविन शर्मा र वरिष्ठ न्यूरो सर्जन डा. सागर कोइरालाले उद्घाटन गरेका थिए । शर्मा र कोइरालाले विद्यार्थीलाई सुझाउँदै विषय छनोटमा विशेष ध्यान दिनुपर्ने बताए । भविष्य बुझेर बेलैमा विषय चयन गर्नुपर्ने उनीहरुको सुझाव थियो ।
विद्यालयका प्राचार्य डा. नारायण बरालले सफल नागरिक बन्नका लागि अबको पुस्ताले ध्यान दिनुपर्ने बताए । ‘जीवनमा सफल हुने उद्देश्य लिएर अघि बढ्नुपर्छ,’ डा. बरालले भने, ‘असल नागरिक बनेर अबको पुस्ताले देखाउनुपर्छ ।’ प्राचार्य बरालले कुनैपनि विषयमा सफलता हात पार्न उत्तिकै मेहनत जरुरी रहेको बताए ।
विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले विद्यार्थीको अबको दुइवर्ष निकै नै महत्वपूर्ण हुने बताए । ‘दुइवर्ष गरेको मेहनतले भविश्य उज्जवल हुन्छ । उपयुक्त विषय बेलैमा छनोट गर्दा ध्यान दिनुपर्छ,’ उनले भने ।
विद्यालयका निर्देशक डा. त्रिभुवन शर्माले विद्यार्थीमा मेहनत जरुरी रहेको बताए । सबै विषय उत्तिकै महत्व रहेकोले त्यही अनुसार विद्यार्थीले अध्ययन गर्नुपर्ने निर्देशक शर्माले बताए । स्वागत र उत्प्रेरणामुलक उक्त कार्यक्रममा विद्यार्थीले नवआगन्तुक विद्यार्थीका लागि विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि पस्केका थिए ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ