स्याङ्जा प्रहरीले अदालती फैसला कार्यान्वयनमा देखायो सक्रियता: फरार ४ कसूरदार पक्राउ

स्याङ्जा प्रहरीले अदालती फैसला कार्यान्वयनमा देखायो सक्रियता: फरार ४ कसूरदार पक्राउ

कैद र जरिवाना असुल गर्दै न्यायिक प्रक्रिया अघि बढायो

arrest-1

न्यायिक कारबाहीलाई प्रभावकारी बनाउँदै सुरक्षित र न्यायपूर्ण समाज निर्माणको सुनिश्चितताका लागि जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विशेष अप्रेसन सञ्चालन गर्दै फरार रहेका चारजना कसूरदारलाई पक्राउ गरेको छ ।

२०८२ साउन ६ गते खटिएको विशेष प्रहरी टोलीले अदालतबाट विभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका उनीहरूलाई पक्राउ गरी स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराएको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी प्रसन्न राज चौधरीले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. १ की स्थायी बासिन्दा तथा हाल पोखरा–१५ बसोबास गर्ने मिना खाती, चापाकोट नगरपालिका वडा नं. ३ का हरिप्रसाद पौडेल, कृष्णप्रसाद पौडेल र याममाया पौडेल रहेका छन् ।

अदालतको आदेश अनुसार मिनालाई बैंकिङ कसूर मुद्दामा १० दिन कैद र ७ लाख २५ हजार रुपैयाँ जरिवाना र अन्य तीनजनालाई अंशबण्डा मुद्दामा जनही ५७८.७७ रुपैयाँका दरले कुल एक हजार ७३६.३९ रुपैयाँ जरिवाना तिर्न बाँकी रहेको थियो ।

सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चौधरीका अनुसार, अदालतको फैसला कार्यान्वयनमा चुस्तता ल्याउँदै फरार कसूरदारमाथि निगरानी तीव्र बनाइएको छ । यस्तो अप्रेसनले कानूनको शासन बलियो बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ