भक्तपुरको ठिमीमा मृत भेटिएका दिदीबहिनी दुई साताअघि भारतको मुम्बईबाट नेपाल आएर बसेको तथ्य खुलेको छ ।
परिवारलाई थाहा नदिई उनीहरू के कति कारणले नेपाल आए भन्ने कुरा प्रहरी अनुसन्धानबाट अझै खुल्न सकेको छैन । प्रहरी परिसर भक्तपुर र प्रहरी वृत्त ठिमीले अहिले उक्त घटनाको अनुसन्धान गरिरहेको छ ।
मुम्बईस्थित मीर भाइन्दरमा बस्ने १६ वर्षीया मेनुका कँडेल र १३ वर्षीया सिर्जना कँडेल बिहीबार बिहान मध्यपुर ठिमी नगरपालिका– ८ बोडे सिन्टीटारस्थित चक्रधर प्रजापतिको जस्ताको टहरोमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
भक्तपुर परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेका अनुसार मेनुका र सिर्जनाको मृत्युको रहस्य खुलेको छैन । उनले लोकान्तरसँग भने, ‘बुवाआमा मुम्बईबाट दिल्ली हुँदै जहाजमा काठमाडौं आउँदै हुनुहुन्छ, त्यसपछि मात्रै यी दिदीबहिनी किन काठमाडौं आए, परिवारमा के खटपट भयो लगायतका कुरा खुल्छन् ।’
अभिभावकले बताएअनुसार मेनुका र सिर्जनालाई एक होटलमा काममा लगाइएको थियो, जहाँ सीसीटीभी थिएन । ‘भारतकै एक टेलिभिजनलाई मेनुका र सिर्जनाका बुवाआमाले बताएअनुसार उनीहरूलाई एक होटलमा, त्यो पनि सीसीटीभी नभएको ठाउँमा काममा लगाइएको रहेछ,’ डीएसपी नेउपानले भने, ‘अब अभिभावक आएपछि नै बुझ्छौं ।’
सुर्खेत पञ्चपुरी नगरपालिका– ८ स्थायी घर भएका बासुदेव कँडेल र उमा कँडेल मुम्बईमा सपरिवार बस्दै आएका थिए । छोरीहरूको मृत्युको खबरपछि उनीहरू नेपाल आउँदै गरेको बताइएको छ ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा