वागमती प्रदेशका चार जना मन्त्रीहरुले राजीनामा दिएका छन् ।
शुक्रबार वागमतीका युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका हुन् ।
उनीहरु चारैजना कांग्रेसबाट मन्त्री बनेका हुन् ।
यससँगै मुख्यमन्त्री बन्न इन्द्रबहादुर बानियाँलाई बाटो खुला भएको छ। बागमती प्रदेश सभामा रहेका कांग्रेसका ३७ सांसदमध्ये २४ जनाले बागमती संसदीय दलको नेता चयनको लागि चुनाव गर्न हस्ताक्षर बुझाएका छन्। यसैका लागि सरकारमा रहेका ४ मन्त्रीरूले समेत मन्त्री पदबाट राजीनामा दिएका हुन्।
अन्य २० सांसद र ४ मन्त्री गरी २४ सांसदहरूले दलको नेताको चुनाव गरेर नयाँ मुख्यमन्त्री चयन गर्न दबाब स्वरुप हस्ताक्षर बुझाएका हुन्। मुख्यमन्त्री लामाले प्रदेश सरकारको नेतृत्व गरेको आज एक वर्ष पूरा भएकै दिन कांग्रेस सांसदहरूले मुख्यमन्त्री फेर्ने प्रक्रियाअघि बढाएका हुन्। ९ साउन २०८१ मा लामाले मुख्यमन्त्री पदको सपथ खाएका थिए।
उनी तत्कालीन अवस्थामा मुख्यमन्त्री बन्दा मकवानपुरका सांसद इन्द्रबहादुर बानियाँलाई वर्ष दिनपछि पद छोड्नुपर्ने लिखित सहमति भएको बताइएको छ। इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउन आफूहरूले मन्त्री पदबाट राजीनामा दिएको बताउँदै मन्त्री मधुकुमार श्रेष्ठले अबको केहीबेरमा मुख्यमन्त्री लामालाई अविश्वासको प्रस्ताव दर्ता गराउन मुख्यमन्त्री कार्यालय जान लागेको जानकारी दिए।
१४ वटा मन्त्रालय रहेको बागमतीमा मुख्यमन्त्री लामा सहित ८ जना सरकारमा सहभागी थिए। यी ४ जना बाहेक सामाजिक विकास मन्त्री हरिप्रभा खड्की, आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, खानेपानी तथा उर्जा सिंचाइँ मन्त्री श्याम खड्काले भने राजीनामा दिएका छैनन्। अहिले आफूहरू मौन बसेको उनीहरूको भनाइ छ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा