विराटनगर। कोशी प्रदेश सरकारले अबदेखि सबै आधिकारिक कागजात, लेटरहेड र सञ्चारमा ‘कोशी प्रदेश सरकार, विराटनगर नेपाल’ लेखिने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको नाम स्पष्टता ल्याउने उद्देश्यले यस्तो निर्णय गरेको हो।
प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीका अनुसार यसअघि प्रयुक्त ‘प्रदेश सरकार, कोशी प्रदेश विराटनगर’ लेखिने गरेकोमा सो ढाँचालाई परिमार्जन गर्दै ‘कोशी प्रदेश सरकार’ को प्रयोग अनिवार्य गरिने भएको हो।
मन्त्रिपरिषद्ले प्रदेश सरकारी सेवामा कार्यरत अस्थायी दरबन्दीमा रहेका कर्मचारीहरूको दरबन्दी स्वीकृति दिने निर्णयसमेत गरेको छ। साथै, प्रदेशको सरकारी कामकाजको भाषासम्बन्धी विधेयक तयार गरी प्रदेश सभामा पेश गरिने निर्णय भएको छ।
मन्त्री भण्डारीका अनुसार उक्त विधेयक पारित भएपछि कोशी प्रदेशमा लिम्बु भाषा र मैथिली भाषा पनि सरकारी कामकाजको भाषा बन्ने बाटो खुलेको छ। यसले बहुभाषिक पहिचानलाई संस्थागत गर्न सहयोग पुग्ने सरकारको विश्वास छ।
त्यस्तै, कोशी प्रदेशको तथ्यांक व्यवस्थापन सम्बन्धी विधेयकलाई प्रदेश मामिला समितिबाट परिमार्जन गरी प्रदेश सभामा पेश गर्न स्वीकृति दिइएको छ।
साथै, प्रदेश स्वास्थ्य नीति २०८२ लाई स्वीकृति दिने निर्णय भएको र शैक्षिक परामर्श तथा भाषा कक्षा सञ्चालन सम्बन्धी विधेयक प्रदेश मामिला समितिमा पठाउने निर्णय गरिएको मन्त्री भण्डारीले जानकारी दिएका छन्।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा