काठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्लज्ज व्यक्तिहरुको झुण्डको संज्ञा दिएका छन् । उनले रास्वपाले सभापति रवि लामिछानेविरुद्ध प्रतिशोध साँधिएको भनेर चलाएको हस्ताक्षर अभियानको पनि आलोचना गरे ।
उनले रास्वपाले रविले गरेको सहकारी ठगीमाथि पर्दा हाल्ने कोशिस गरिरहेको आरोप लगाए । आज (शनिबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले रवि लामिछानेलाई अहिले बाँदर नचाउने काम नगर्न सुझाव दिएका छन् ।
उनले भने,‘राष्ट्रिय स्वतन्त्र पार्टी सहकारी ठगहरुको, भ्रष्टहरुको र अदालतले दण्डित गरेर पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको व्यक्तिको पक्षमा नांगो ढंगले बहस, पैरवी र वकालत गर्दै हिँड्ने निर्लज्ज व्यक्तिहरुको झुण्ड हो । यो झुण्डको बारेमा केही कुरा नगर्नुहोस । अहिले यो झुण्डले सहकारी ठगीमाथि पर्दा हाल्ने कोशिस गरिरहेको छ । ६५ करोड ५४ लाख रुपैयाँ गोरखा मिडिया नेटवर्कमा गएर अपचलन भएको रकमको बारेमा, त्यो पैसा फिर्ता गर्नेबारेमा त्यो झुण्ड बचतकर्ताहरुको पक्षमा कहिल्यैपनि उभिँदैन् । निर्लज्जहरुको झुण्डको बारेमा मसँग प्रश्न नगर्नुहोस । मेरो मित्र भएको हिसाले रवि लामिछानेजीलाई भन्न चाहन्छु–अदालतले जुन आदेश दिएको छ, त्यो आदेशको पालना गरेर तपाईं पुर्पक्षमा हुनुहुन्छ, त्यसको विकल्प पनि छैन । बाहिर यो बाँदर नचाउने काम नगर्नुहोस । तपाईंका सेना/मेना यो सहकारी ठगीको कुरालाई ढाकछोप गर्नेगरि, त्यसलाई पर्दा हाल्नेगरि अनावश्यक बचाउमा लाग्नेगरि बाँदर नचाउने काम चाहीँ नगर्नुहोस । अदालतबाट अन्तिम फैसला हुँदा न्याय पाउनुभयो भने कसैले केही भन्दैन ।’
उनले यो विषय अदालतको विषय र आदेशको विषय भएकोले कानूनी शासनको मर्यादाविरुद्ध गतिविधि नगर्न सुझाव दिए । सहकारी ठगीसम्बन्धी बनेको संसदीय समितिले रवि लामिछानेले सहकारीको रकम दुरुपयोग गरेको ठहर गरेको उनले स्मरण गराए । उनले रविको पक्षमा एक करोड नागरिकले हस्ताक्षर गरे भनेरपनि भन्न पाईने बताए ।
तर, रास्वपाका मान्छेहरु कांग्रेस र एमालेकोमा रविलाई प्रतिशोध साँधियो भनेर रुँदै कराउँदै हिँडेको पनि थापाको आरोप छ । उनले रास्वपाको हस्ताक्षर अभियानलाई राजनीतिक प्रोपाण्डाको संज्ञा दिए । उनले भने,‘यो हस्ताक्षर अभियानको नाममा उहाँहरुले पार्टीको प्रचार गर्नुभएको छ । त्यो त गरिरहनुहोस न । कुरा के हो भने पृथ्बीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न ।’
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा