लामो खडेरीका कारण प्रभावित तराईका किसानले आइतबार भने राहत महसुस गरेका छन् । विशेषगरी पूर्वी तराईमा पछिल्लो २४ घण्टामा राम्रो वर्षा भएको छ । वर्षाले धेरै ठाउँमा रोपाइँ भएको छ ।
मधेशमा दुई दिनयता जारी वर्षाले यहाँका बासिन्दाको मुहारमा खुसी छाएको छ । वर्षाले गर्मीको राप घटाएको छ । धाँजा फाटेको खेत पानीले भरिन थालेको छ । रोपाइँ गर्न नपाएका किसान रोपाइँका लागि बेर्नाको जोहो गर्न थालेका छन् ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी तराईमा राम्रो वर्षा भए पनि तराईको पश्चिम भेगमा भने हल्कादेखि मध्यमसम्म मात्र वर्षा भएको छ । महाशाखाकी मौसमविद् विनु महर्जनले भनिन्, ‘यसपटक पूर्वी तराईमा रोपाइँ गर्न मिल्नेगरी नै वर्षा भएको छ, तर पूर्वीतराईबाट विस्तारै पश्चिम सर्दै जाँदा भने मनसुन अलि कमजोर हुँदा वर्षा पनि कम हुँदै गएको छ ।’
आज मनसुनको न्यून चापीय रेखा सरदरस्थानको उत्तरतर्फ नेपालको तराई नजिक रहेकाले पनि सो क्षेत्रमा वर्षा भएको छ । देशभर नै मौसम बदली रहेको र खण्डित वर्षा भएको बताउँदै उनले काठमाडौँमा पनि आज खण्डिन वर्षा भएको बताइन् । चन्द्रागिरि क्षेत्रमा वर्षा हुँदा उपत्यकाको माथिल्लो क्षेत्रको अवस्था सामान्य थियो यस्तै काठमाडौँको नक्सालतिर वर्षा हुँदा विमानस्थल क्षेत्रमा पानी परेको थिएन । यस्तै खण्डित वर्ष अन्य जिल्लामा पनि भएको छ ।
मौसमविद् महर्जनले आज दिउँसो विभिन्न प्रदेशका केही क्षेत्रमा भारी नै पानी परेको र अहिले पनि कोशी र मधेस प्रदेशमा वर्षा जारी नै रहेको छ । उनका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी झापाको अनारमनी विर्ता स्टेसनमा १५१.६ मिलिमिटर पानी परेको छ ।
यस्तै, दमकमा १२१ र चन्द्रगढीमा १२७ मिलिमिटर वर्षा भएको छ । उदयपुरको गाईघाटमा १३४.३ मिलिमिटर वर्षा भएको छभने बाँकेमा पनि १०७ मिलिमिटर वर्षा भएको छ । १६ भन्दा बढी स्टेशनमा ८० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ । यो भारी वर्षा हो ।
मधेस प्रदेशमा पनि यसपालि राम्रो वर्षा भएको छ । मधेसमा सप्तरीको बरमजियामा ९३.६ मिलिमिटर वर्षा भएको छ । यस्तै, सिरहामा ८४.४, धनुषामा ४२.४, महोत्तरी गौशालामा ५७.८, लहानमा ७२.८ मिलिमिटर वर्षा भएको छ । रौतहट गौर ६५.८ मिलिमिटर, बारामा ४३ मिलिमिटर वर्षा भएको छ । पर्सा र सर्लाहीमा भने मध्याम वर्षा भएको छ । देशका धेरै मापन केन्द्रहरुमा ५० मिलिमिटरभन्दा बढी वर्षा भएको छ ।
योसँगै बागलुङ, लमजुङ, सिन्धुपाल्चोक, मोरङ, संखुवासभा, झापा, उदयपुर, डडेलधुरा, डोटीका केही मापन केन्द्र आसपास पनि भारी वर्षा भएको विभागले जानकारी दिएको छ । हल्कादेखि मध्यम वर्षा भने देशका अधिकांश क्षेत्रमा भएको छ ।
सम्बन्धित खबर
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
निर्मला पन्त घटनाबारे सांसदले सोधेको प्रश्नमा गृहमन्त्रीले भने- हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो ?
कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चले दियो सुरूबाटै पुनरावलोकन अनुमति
संसदमा कालो चस्मा लगाउन नपाइने, लोगो पनि अनिवार्य
निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो