सिन्धुली छाडेर पोखरा आइपुगेको हायू परिवार सोमबार गाउँ फर्किंएका छन् ।
गत साउन १२ गते एक्कासि घर छोडेर हिँडेको सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ का १६ सदस्यीय हायू परिवारलाई वडाध्यक्ष रविन श्रेष्ठको पहलमा गाउँ फर्काइएको हो।
परिवारका सबै सदस्यहरू पोखराबाट बिदा भएका छन् ।
हायू परिवारलाई सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का वडाध्यक्ष रवीन श्रेष्ठको जिम्मा लगाएर बिदाइ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डीएसपी हरिबहादुर बस्नेतले बताए ।
आफ्नो घरमा नबस्ने बताएका हायु परिवारलाई वडाध्यक्ष श्रेष्ठले व्यवस्था गर्ने बताएका छन् ।
खानेपानी, स्वास्थ्य, शिक्षाको व्यवस्थापन गर्ने भनेपछि उनीहरू फर्किन राजी भएका हुन् । वडाध्यक्ष रविन श्रेष्ठले हरेक समस्याहरू समाधान गर्ने वाचा गरेका छन् । वडाध्यक्षले आफ्नै खाली घरमा बस्नसमेत आग्रह गरेका छन् ।
साउन १२ गतेबाट हराएको भनेर समाचार सार्वजनिक भएको हायू परिवार सोही दिन साँझ पोखरामा फेला परेको थियो। उनीहरू पोखरा महानगरपालिका–३० स्थित स्थानीयको २ घरमा भाडामा बसेका थिए।
त्यसपछि गोलन्जोर-६ का वडाध्यक्ष रविन श्रेष्ठको टोली उनीहरूलाई भेट्न पोखरा पुगेको थियो। त्यतिबेला हायू परिवारले आफू बसेको घर पनि अरूको जग्गामा भएको, खानेपानीको सुविधा नभएको, पढ्न विद्यालय टाढा भएको, यातायातको सुविधा नभएको, आर्थिक स्रोत नभएकाले गुजरा चलाउन समस्या भएका लगायतका समस्याहरू वडाध्यक्ष श्रेष्ठलाई सुनाएको थियो।
आफ्नो वडाका स्थानीयबासी आफ्नै परिवार भएकाले उहाँहरूलाई फर्काउन कुनै पनि कसर बाँकी नछोडेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए। हायू परिवारको घर एकान्त ठाउँमा भएकाले तत्काल आफ्नो घरमा बस्न भनिएको छ।
सोमबार फेरि उनीहरूलाई लिन वडाध्यक्ष श्रेष्ठ पोखरा आइपुगेका थिए।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा