राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। यस वर्ष नियमिततर्फ परीक्षामा सहभागीमध्ये ६१.१७ प्रतिशत विद्यार्थी ग्रेड प्राप्त गरी उत्तीर्ण भएका छन्। जुन गत वर्षको तुलनामा करिब ९ प्रतिशतले बढी हो।
सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै बोर्डले २०८२ साल वैशाखमा सञ्चालित परीक्षाको नतिजा सार्वजनिक गरेको हो। बोर्डका अनुसार, नियमिततर्फ परीक्षा दिएका ३ लाख ९६ हजार ३४७ परीक्षार्थीमध्ये २ लाख ४२ हजार ४६५ जनाले ग्रेड प्राप्त गरेका छन् भने १ लाख ५३ हजार ८८२ जना ‘नन-ग्रेडेड’ (NG) भएका छन्।
त्यस्तै, आंशिकतर्फ परीक्षा दिएका १ लाख १४ हजार ६४० मध्ये ४१ हजार ८४० (३६.४९ प्रतिशत) मात्र उत्तीर्ण भएका छन्।
१३ हजारभन्दा बढीले ल्याए ३.६१ भन्दा माथि जीपीए
नतिजाअनुसार, नियमिततर्फ सबैभन्दा बढी ९४ हजार २६८ विद्यार्थीले २.८१ देखि ३.२० सम्मको जीपीए प्राप्त गरेका छन्। उत्कृष्ट मानिने ३.६१ देखि ४.० जीपीए ल्याउने विद्यार्थीको संख्या १३ हजार ५०२ रहेको छ।
यस वर्ष अनिवार्य अंग्रेजी विषयमा सबैभन्दा धेरै विद्यार्थी नन-ग्रेडेड भएका छन्। बोर्डका अनुसार अनिवार्य अंग्रेजीमा ६६ हजार २७५, लेखामा ४१ हजार २६३, सामाजिक अध्ययनमा ३३ हजार ९२१ र अनिवार्य नेपालीमा २८ हजार ३५६ विद्यार्थी नन-ग्रेडेड भएका छन्।
बोर्डले गत वर्षको तुलनामा यस वर्ष नतिजा सुध्रिनुमा प्रश्नपत्रको नयाँ ढाँचा, शिक्षकहरूलाई दिइएको तालिम र उत्तरपुस्तिका परीक्षणमा अपनाइएको स्तरीकृत प्रणाली मुख्य कारण रहेको जनाएको छ।
बोर्डका अध्यक्षले भने, ‘नयाँ पाठ्यक्रमअनुसार ज्ञान, बोध, प्रयोग र उच्च दक्षता जाँच्ने गरी प्रश्नपत्र निर्माण गरिएको थियो। यसले विद्यार्थीलाई सहज भयो। साथै, उत्तरपुस्तिका परीक्षणमा पनि स्तरीकृत उत्तरकुञ्जिका प्रयोग गरिएकाले नतिजामा सुधार देखिएको हो।’
बोर्डले ‘नन-ग्रेडेड’ भएका विद्यार्थीका लागि ग्रेड वृद्धि (पूरक) परीक्षाको मिति पनि तोकेको छ। आगामी भदौ २८ र २९ गते ग्रेड वृद्धि परीक्षा सञ्चालन हुने बोर्डले जानकारी दिएको छ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु