काठमाडौं : उपत्यकासहित देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले गाईजात्रा पर्व मनाइँदैछ। हरेक वर्ष भाद्र कृष्ण प्रतिपदामा गाईजात्रा पर्व मनाइन्छ।
ऐतिहासिक कथन अनुसार पुत्र वियोगले शोकाकुल भएकी आफ्नी रानीलाई सान्त्वना दिन दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले जनतालाई आ-आफ्नो घरमा एक वर्षभित्र मरेका व्यक्तिका नाममा गाईजात्रा निकाल्न आदेश दिएका थिए। तर, यसले पनि रानीको मन शान्त नभएपछि विभिन्न खालका व्यङ्यात्मक कार्यक्रम पनि गर्न आदेश दिएका थिए। सोही आदेश अनुसार शुरु भएको गाईजात्रा अहिले पनि चलिआएको छ।
यो दिन पाटनमा देखाइने सत्य युगको धान,चामलको नमूना, काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छ। गाईजात्राको दिन एक वर्षभित्र दिवङ्गत भएका आफ्ना आफन्तको सम्झनामा नाचगान तथा रामायणको करुण रसका गीतहरु गाउँदै, गाई वा मानिसलाई गाईको रूपमा सिँगारी नगर परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्य अन्न र पैसा दान गर्ने परम्परा रहेको छ।
यसै प्रचलन अनुसार आज दिनभर मानिसलाई गाईको स्वरूप बनाएर बजार परिक्रमा गराउने चलन छ। यस्तो गर्नाले वर्षभरी मृत्यु भएका आफ्ना आफन्तहरु गाईको पुच्छर समाई वैतर्णी पार गर्छन् भन्ने धार्मिक जनविश्वास रहेको छ। भक्तपुरमा गाईजात्राका दिन धार्मिक परम्परा अनुसार भैरवको परालबाट निर्मित गाई (रथ) नगर परिक्रमा गराई आजकै दिन विसर्जन गरिने प्रचलन रहेको छ।
गाईजात्राका अवसरमा नेपाल सरकारले काठमाडौँ उपत्यकाका लागि सार्वजनिक बिदा दिएको छ। यस्तै प्रदेश सरकारले पनि बागमतीभर सार्वजनिक बिदा दिएको छ।
पछिल्लो समयमा गाईजात्राको अवसर पारेर समाजमा भएका विद्यमान विकृति र विसङ्गतीलाई उजागर गर्न सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना गरिँदै आएको छ। गाईजात्रा पर्व काठमाडौँ उपत्यका लगायत बनेपा, धुलिखेल, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरामा पनि मनाइन्छ।
सम्बन्धित खबर
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
निर्मला पन्त घटनाबारे सांसदले सोधेको प्रश्नमा गृहमन्त्रीले भने- हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो ?
कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चले दियो सुरूबाटै पुनरावलोकन अनुमति
संसदमा कालो चस्मा लगाउन नपाइने, लोगो पनि अनिवार्य
निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो