कञ्चनपुर बेलडाँडी गाउँपालिका–२ सिहपालकी १८ वर्षीया सम्झना भट्टको मृत्यु प्रकरणको अनुसन्धानका लागि तीन जनाई पक्राउ गरेको प्रहरीले चौथो पात्र समेत नियन्त्रणमा लिएको छ।
गएको आइतबार साँझ झुन्डिएको अवस्थामा उनको शव घरमै फेला परेको थियो। सो विषयमा अनुसन्धानका लागि कैलालीको धनगढी विमानस्थलबाट बेलडाँडीकी पूजा भट्टलाई पक्राउ गरेको हो।
माइती पक्षले दिएको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो। यसअघि मृतक युवतीका श्रीमान् पवन भट्ट, ससुरा हरिदत्त भट्ट, सासू किरण भट्टलाई प्रहरीले पक्राउ गरेको थियो।
मृतक युवतीका माइती पक्षले प्रहरीसमक्ष बुझाएको एउटा अडियोमा सम्झनाको हत्या गर्न पूजाले भाइ पवनलाई आदेश दिएको पाइएको बताइन्छ।
‘सम्झनालाई मारे पनि पाँच वर्ष त सजाय हुने हो, भाइ मार्दे’ भन्ने शब्द प्रयोग गरिएको दाबी प्रहरी स्रोतले गरेको छ।
प्रनाउ बोहोराले उक्त अडियोको विषयमा पनि छानबिन भइरहेको बताए। शुक्रबार पवनकी दिदी पूजालाई पनि नियन्त्रणमा लिएर आत्महत्या गर्न दुरुत्साहन दिन नहुने शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको डीएसपी बोहोराले जानकारी दिए।
शवको अन्त्येष्टि
सम्झना भट्ट मृत्यु प्रकरणको अनुसन्धान गरी दोषीउपर कारबाहीको माग गर्दै मृतकका माइती पक्षले शव उठाउन मानेका थिएनन् ।
मृतकको शव महाकाली प्रादेशिक अस्पतालमा राखिएको थियो । घटनामा संलग्न रहेको आशङ्कामा मृतकका माइती पक्षले चार जनामाथि किटानी जाहेरी दिएका थिए तर यसअघि प्रहरीले पूजालाई नियन्त्रणमा लिएको थिएन ।
प्रहरीका अनुसार माइती पक्षले घटनाको मुख्य योजनाकार पूजा रहेको आरोप लगाउँदै आएका छन् । पूजालाई पक्राउ नगरुन्जेल शव नउठाउने अडान लिएको थियो । शुक्रबार पूजा पक्राउ परेपछि सम्झनाको माइती पक्षले शवको दाहसंस्कार गरेको छ ।
साउन १८ गते बिहान बेलडाँडी गाउँपालिका–२ स्थित सिंह पालटोलमा घरभित्र झुन्डिएको अवस्थामा सम्झना मृत फेला पर्नुभएको थियो । प्रहरीले कोठाको ढोका तोडेर शव बाहिर निकालेको थियो । विगत लामो समयदेखि सम्झना र पवनबिच प्रेम सम्बन्धका कारण गत फागुन महिनामा विवाह भएको मृतकका बुवा भोजराज भट्टले बताए । विवाहपछि सम्झनाका श्रीमान् र परिवारका सदस्यले छोरीमाथि दाइजोको निहुँमा यातना दिने, घरेलु हिंसा गर्ने र मानसिक तनाव दिने गरेको उनले बताए ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा