पोखरा । नेपालको लिपुलेक क्षेत्र भएर सीमा व्यापार गर्ने भारत–चीन व्यापार सम्झौताविरुद्ध अनेरास्ववियु, गण्डकीले कडा विरोध जनाएको छ ।
अनेरास्ववियु, गण्डकीका संयोजक सुशन घिमिरेले आज एक विज्ञप्ति जारी गर्दै नेपालको अविभाज्य र सार्वभौम क्षेत्र लिपुलेकमार्फत् व्यापार गर्न भारत र चीन बीच भएको सम्झौताप्रति कडा विरोध र निन्दा व्यक्त गरेका हुन् ।
‘लिपुलेकसँग सम्बन्धित कुनै पनि द्विपक्षीय सम्झौता जसमा नेपालको सहभागिता र सहमति नहुनु, नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको प्रत्यक्ष उल्लंघन हो ।’ अखिल गण्डकीले भनेको छ – ‘यसले नेपालको राष्ट्रिय गरिमालाई कमजोर बनाउँछ र ऐतिहासिक तथ्य, आधिकारिक नक्सा र प्रमाणलाई बेवास्ता गर्दछ । जुन स्पष्ट रूपमा लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न भाग हुन् भनेर प्रमाणित गर्दछ।’

अनेरास्ववियु गण्डकीले नेपालको भूमिमा कुनै पनि विदेशी हस्तक्षेप, अतिक्रमण, वा अनधिकृत वार्तालाई दृढ अस्वीकार गर्ने जनाउँदै बाह्य शक्तिहरूले नेपालको क्षेत्रमाथि गर्ने शोषण अस्वीकार्य र सहनयोग्य नरहेको बताएको छ ।
विज्ञप्तिमा भनिएको छ – ‘हामी भारत र चीनका सरकारलाई लिपुलेखसँग सम्बन्धित यस्ता सम्झौताहरू तुरुन्तै फिर्ता लिनको लागि दृढ आग्रह गर्दछौं। हामी नेपाल सरकारलाई राष्ट्रको सार्वभौमिकता, स्वतन्त्रता, र क्षेत्रीय अधिकारहरूको रक्षा गर्न निर्णायक कूटनीतिक र राजनीतिक दृष्टिकोण अपनाउन माग गर्दछौं ।’
अनेरास्ववियु गण्डकीले नेपालका सबै देशभक्त विद्यार्थी, युवाहरू, र नागरिकहरूलाई हाम्रो मातृभूमिको रक्षा गर्न एकजुट हुन आह्वान पनि गरेको छ ।
सम्बन्धित खबर
भोटेकोशी बाढीका २ हजार ४६५ बेपत्तालाई एकैपटक मृत घोषणा गरिँदै
पर्सामा पटाका पड्काउने क्रममा ८ वर्षीय बालकको मृत्यु
तिहारले सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस्ः प्रदेश प्रमुख भट्ट
‘मलाई हटाउनुअघि जानकारी दिइएन, सरकारको बदनियत देखियो’: कार्की
१८२ सिटको दम्भ नदेखाऔँ, जनताले सबै नियाल्दैछन्: रवि लामिछाने
आइजिपी पदमुक्त प्रकरणमा सरकार र सत्तारूढ पार्टीको भनाइ बाझियो, पार्टीलाई थाहै छैन !
यो पनि पढौँ
नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा पोखराका सुमन पहारीको उम्मेदवारी
गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा बर्खास्त, उपसचिव परियारलाई जिम्मेवारी
दानबहादुर कार्कीलाई सरकारले आइजीपीबाट हटायो, कानुनी जटिलताबाट बच्न नयाँ जिम्मेवारी सुरक्षा सल्लाहकार !
भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११ः०७ बजे