काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रेलिया उडान गर्ने योजना सार्वजनिक गरेको छ ।
सिचुवान एयरलाइन्सले पोखराबाट छेन्दु हुँदै अष्ट्रेलिया उडान गर्ने विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक प्रक्रिया पूरा गरेर अनुमति लिने तयारी थालेपछि यो खुलेको हो ।
प्राधिकरणका अनुसार सिचुवान एयरलाइन्स पोखराबाट उक्त गन्तव्यमा उडान गर्न तयार भएको छ । त्यसका औपचारिक रुपम प्रक्रिया टुङ्गाउने विषयमा द्विपक्षिय छलफलमा भइरहेकोले छिट्टै उडानको तालिका सम्बन्धित वायुसेवाबाट आउने पनि प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार भैरहबाट पनि उडान गर्न कुवेतका वायुसेवा कम्पनी जजीरा एयरलाइन्स तयारी गरिरहेको जजीराले हाल कुवेतबाट काठमाडौं उडान गर्दै आएको र भैरहवामा जान प्राधिकरणले दबाब दिइरहेको छ भने यस अघि पनि काठमाडौंमा हुने उडान संख्या कटौती गरेरै भैरहवाका पठाएको थियो । प्राधिकरणले यो वायुसेवलाई भैरहवाबाट उडान गर्न गरेको प्रोत्साहनसहितको कारण यसले आगामी डेढ महिनाभित्रै भैहरवाबाट उडान गर्ने तयारी गर्दै छ ।
प्राधिकरणका अनुसार भैहरवाबाट जजीरा र पोखराबाट सिचुवान एयरलाइन्सले उडान सुरु गरेपछि दुबै विमानस्थलमा अरु विदेशी वायुसेवा पनि आकर्षित हुने छन् ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए