काठमाडौं । श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमसिंघे पक्राउ परेका छन् । उनी सरकारी पैसाको दुरुपयोग गरेको आरोपमा पक्राउ परेका हुन् ।
बीबीसी हिन्दीले श्रीलंकन प्रहरीको हवाला दिंदै उनी पक्राउ परेको उल्लेख गरेको छ ।
उनीमाथि लागेको आरोप उनको राष्ट्रपति कार्यकालमै गरिएको विदेश यात्रासँग सम्बन्धित छ।
आरोपअनुसार, सन् २०२३ मा न्यूयोर्कमा भएको संयुक्त राष्ट्र महासभाबाट फर्कँदा उनी आफ्नी पत्नीसमेतसँग निजी कामका लागि लण्डनमा रोकिएका थिए । त्यसक्रममा उनको खर्च सरकारी कोषबाट व्यहोरेको आरोप लगाइएको छ ।
उनलाई शुक्रबार राजधानी कोलम्बोको मजिस्ट्रेट अदालतमा पेश गरिनेछ। त्यसअघि उनले आपराधिक अनुसन्धान विभाग (सीआईडी) मा बयान दिइसकेका छन्।
रनिल विक्रमसिंघेले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै लण्डनमा उनले विभिन्न बैठकहरूमा सहभागी भएको बताएका छन्।
विक्रमसिंघे सन् २०२२ देखि २०२४ सम्म श्रीलंकाको राष्ट्रपति रहेका थिए।
उनी आर्थिक संकटका कारण देशभर विरोध प्रदर्शन चर्किएको बेला राष्ट्रपति बनेका थिए। त्यतिबेला उनका पूर्ववर्ती गोटाबाया राजपक्षे देश छोडेर विदेशतिर गएका थिए।
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
दिल्लीमा तनाव, संसद् भवनमा प्रवेश गर्न खोजेपछि ककरोच पार्टीका संस्थापक पक्राउ
भेनिजुएला भूकम्प: बेपत्ता आफन्तको खोजीमा छटपटी
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन