काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सरकारी कर्मचारीले काम भन्दा बढी लोकसेवामा ध्यान दिने गरेको गुनासो गरेकी छन् ।
राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्था समितिको शुक्रबारको बैठकमा संघीय निजामती विधेयकमाथिको दफावार छलफलका क्रममा मन्त्री न्यौपानेले कर्मचारीहरूमा काम गर्ने मनोवृत्ति नदेखिएको बताएकी हुन् ।
सरकारले सबै पदमा खुला विज्ञापनमार्फत कर्मचारी भर्ना गर्नसक्ने अवस्था त्यसैका कारणले पनि नरहेको उनको भनाइ थियो । ‘म पनि संघीय मामिला मन्त्रालयमा मन्त्री भएर आएर देखेँ । धेरैको सोचाइ भनेको हाजिर लगाउने, आफ्नो अरु थप वृत्तिविकासका लागि समय खर्चिने प्रवृत्ति देखेँ,’ उनले भनिन्, ‘सबै तहमा खुला प्रतिष्पर्धाबाट कर्मचारी नियुक्त गर्ने हो भने त काम गर्ने भन्दा बढी लोकसेवाको तयारी गरेर बस्ने, पढ्ने, रट्ने यतातिर ध्यान दिने स्थिति भयो । त्यो हुँदो नै रहेछ । त्यसैले धेरै पदमा खुल्ला प्रतिष्पर्धाबाट गर्नहुन्न ।’
संघीय मामिला मन्त्रालयले संघीय निजामती विधेयक ल्याउँदा नायब सुब्बा र खरिदार खुला प्रतिष्पर्धाबाट गर्ने प्रस्ताव गरेको थियो । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले नायब सुब्बा खुला प्रतिस्पर्धाबाट गर्न नहुने निर्णय गरेको थियो ।
प्रतिनिधि सभाबाट पारित संघीय निजामती सेवा सम्बन्धी विधेयकअनुसार लोकसेवा आयोगबाट अब नायब सुब्बा, सहसचिव पदमा खुला विज्ञापन नहुने अवस्था छ । राष्ट्रिय सभामा पुगेको विधेयकमा खरिदार तहबाट बढुवा सम्बन्धि व्यवस्था छ । खरिदार तहमा आन्तरिक बढुवामार्फत मात्र नायब सुब्बामा प्रवेश गर्न सकिने व्यवस्था गरिएको छ ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा