नेपाल र भारतका विभिन्न शैक्षिक संस्थाका नक्कली शैक्षिक प्रमाण पत्र बनाएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एकजना नेता पक्राउ परेका छन् ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ बेलहिया बसपार्कस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेका भारतीय नागरिक २५ वर्षीय अभिषेक यादवको बयानका आधारमा लुकेर बसेको अवस्थामा रास्वपा नेता हरिप्रसाद कँडेल समातिएका हुन् ।
भारत कानपुरका यादवले चितवनको कालिका नगरपालिका वडा नं. ५ बस्ने ५० वर्षीय कँडेलेकै योजनामा नक्कली शैक्षिक प्रमाणपत्र, ट्रान्सक्रिप्ट, होलमार्क, भिसा स्टिकर लगायतका कागजात बनाउने गरेको बयान रुपन्देही प्रहरीलाई दिएका थिए ।
प्रहरीले यादवबाट त्रिभुवन विश्वविद्यालयका एक स यवटा ट्रान्सक्रिप्ट र ३६ वटा खाली प्रमाणपत्र बरामद गरेको छ । अन्य विभिन्न शैक्षिक संस्थाका तीवटा नक्कली र पाँचवटा स्ट्याम्प प्याड, त्रिभुवन विश्वविद्यालयको चार हजार ४० थान रहेको २१ बन्डल होलोग्राम पनि बरामद भएको छ ।

उच्च माध्यमिक शिक्षा परिषद्को दुई हजार थान रहेको १९ प्याकेट होलोग्राम, राष्ट्रिय परीक्षा बोर्डको १ हजार ७ सय थान रहेको १७ प्याकेट होलो ग्राम र स्टिकर पनि प्रहरीले यादवबाट बरामद गरेको छ ।
भारतको एमिटी विश्वविद्यालयका ८० वटा नक्कली मार्कसिट पनि बरामद भएका छन् । ४० वटा प्रोभिजनल सर्टिफिकेट, ६० वटा चारित्रिक प्रमाणपत्र, ४९ वटा अन्य खाली प्रमाणपत्र र ४० वटा खाली लोगो पन बरामद भएका छन् ।
जवाहरलाल नेहरू टेक्निकल युनिभर्सिटी हैदरावाद, छत्रपति शिवाजी महाराज युनिभर्सिटी कानपुर, असम उच्च माध्यमिक शिक्षा परिषद्, कुरुक्षेत्र विश्वविद्यालय, आन्द्र विश्वविद्यालयसहितका शैक्षिक संस्थाका सयौँ नक्कली स्ट्याम्प र छाप पनि प्रहरीको हात लागेका छन् ।
यादवले नेपाल र भारतका विभिन्न शैक्षिक संस्थाहरूका नक्कली प्रमाणपत्र बिक्रीवितरण गर्ने गरेको अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका यादवको बयानका आधारमा रुपन्देही प्रहरीले चितवनस्थित कलेज कोच नेपाल प्रालिका सञ्चालक कँडेललाई पक्राउ गरेको हो।
कँडेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश प्रशिक्षक विभागका संयोजक रहेको खुलेको छ। कँडेल पार्टीको प्रदेश प्रशिक्षण विभाग संयोजक रहेको रास्वपा चितवनका अध्यक्ष कृष्ण भुसालले बताए । कँडेलले आफ्नो नामअगाडि डाक्टर लेख्ने गरेका छन् ।
कँडेल यसपहिले पनि नक्कली शैक्षिक प्रमाणपत्र विवादमा मुछिएका थिए । नक्कली शैक्षिक प्रमाणपत्र लिएको खुलेपछि उनी प्रधानाध्यापक हुन अयोग्य ठहरिएका थिए । चितवनकै पदमपुरको भीमोदय माध्यमिक विद्यालयको प्रधानाध्यापक हुँदा उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो । त्यहीकारण उनी प्रधानाध्यापक हुन अयोग्य भएका थिए। उक्त विद्यालयबाट बाहिरिउपछि उनले चितवनस्थित लायन्स चोकमा कलेज कोच नेपाल नामक शैक्षिक परामर्श केन्द्र चलाएका हुन् । उनी यो परामर्श केन्द्रका अध्यक्षका रुपमा रहेका छन् ।
सम्बन्धित खबर
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
निर्मला पन्त घटनाबारे सांसदले सोधेको प्रश्नमा गृहमन्त्रीले भने- हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो ?
कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चले दियो सुरूबाटै पुनरावलोकन अनुमति
संसदमा कालो चस्मा लगाउन नपाइने, लोगो पनि अनिवार्य
निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो