काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको सहमति बिना चीन र भारतले नेपाली भूमि प्रयोग गर्न खोज्नु अनुचित हुने बताएका छन्।
प्रेस चौतारी नेपाल दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूमि भएको स्पष्ट पाार्दै नेपालको सहमति बिना प्रयोग गर्ने प्रयत्न अस्वीकार्य रहेको बताए।
दुई छिमेकी राष्ट्रहरूले नेपालको भूमि प्रयोग सन्दर्भमा नेपालकै सहमति बिना लिम्पियाधुरा, लिपुलेक, कालापानी प्रयोग गर्न खोजेको देखिएको भन्दै नेपालले कूटनीतिक नियोगमार्फत असहमति जनाएको उनले बताए।
पोखरेलले नेपालको सहमति र सहभागिता विना गरिने कुनै पनि समझदारी अनुचित रहेको भन्दै तथ्य र प्रमाणका आधारमा समस्या समाधान गर्न पहल गर्नुपर्ने तर्क गरे। त्यस्तै महासचिव पोखरेलले अघिल्लो अवस्था र अहिलेको अवस्थालाई तुलना गर्दा यो सरकार सफल देखिएको बताए।
अहिले देशमा राजस्व बढेको, खर्च गर्ने क्षमता मजबुत भएको, लगानीयोग्य वातावरण बनेको र निजी क्षेत्र उत्साहित रहेको उहाको भनाइ छ। उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको सक्रिय राजनितीमा आउनु उचित नरहेको पनि बताए।
पूर्व राष्ट्रपति जस्तो सम्मानित व्यक्तिलाई सामाजिक रुपमा सक्रिय हुन कुनै रोकतोक नरहेको उल्लेख गर्दै उहाले सामाजिक जीवनका क्रियाकलापमा आउनै हुन्न भन्ने पक्षमा एमाले नरहेको बताए।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण