गण्डकी प्रदेश सभा मनाङको क्षेत्र नम्बर ‘ख’ का सदस्यबाट मुक्त भएका दीपक मनाङे भनिने राजीव गुरूङले जेल सजाय काटेर निस्केपछि पनि थप ६ वर्ष निर्वाचन लड्न नपाउने भएका छन्।
सर्वोच्च अदालतको संवैधानिक इजलासले गत असार ४ गते गण्डकी प्रदेश सभा सदस्यबाट पदमुक्त गरेको थियो। फैसलाको पूर्णपाठ अहिले सार्वजनिक भएको छ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र कुमार चुडाल रहेको संवैधानिक इजलासले मनाङेलाई थप ६ वर्ष निर्वाचन लड्न नपाउने कानुनी व्यवस्था देखाएको हो।
‘दीपक मनाङे भन्ने राजीव गुरूङले ज्यान मार्ने उद्योग मुद्दामा ५ वर्ष कैद सजाय पाएको सजाय पूरा भुक्तान गरिसकेपश्चात् थप ६ वर्षसम्म कुनै पनि निर्वाचनमा उम्मेदवार हुन अयोग्य रहने नै देखियो,’ फैसलामा भनिएको छ।
सर्वोच्चले मनाङेलाई २०८१ कात्तिक २० गतेदेखि प्रदेश सभा सदस्यको रूपमा अयोग्य ठहर गरेको हो।
संवैधानिक इजलासले दुई वटा कानुनी व्यवस्थाले गर्दा मनाङेलाई अयोग्य ठहर गरेको हो।
पहिलो, संविधानको धारा १७८ (१) (ङ) मा ‘कुनै कानुनले अयोग्य नभएको’ व्यक्ति मात्र प्रदेश सभा सदस्य हुन योग्य हुने व्यवस्था गरेको छ।
त्यस्तै, दोस्रोमा प्रदेश सभा निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड (छ) मा कसुर बाहेक अन्य कसुरमा पाँच वर्ष वा सो भन्दा बढी कैदको सजाय पाएर त्यस्तो सजाय भुक्तान गरेको मितिले ६ वर्ष पूरा नभएको’ व्यक्ति निर्वाचनमा उम्मेदवार हुन अयोग्य मानिने कानुनी व्यवस्था छ।
२०८१ कात्तिक २० गते सर्वोच्चले मनाङेलाई पाँच वर्ष कैद सुनाएको थियो। यो सजाय २०६९ साउन २८ गते उच्च अदालत पाटनले गरेको सदर सजाय हो। मनाङेले २०७५ वैशाख २३ गते सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएका थिए।
मनाङेले अझै २ वर्ष चार महिना भुक्तान गर्न बाँकी थियो।
अहिले डिल्लीबजार कारागारमा उनी सजाय काटिरहेका छन्।
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु