काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फेरि उच्च अदालत बुटवलमा रिट दायर गरेका छन् ।
सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न मागसहित लामिछानेले सोही अदालतमा रिट दायर गरेका हुन् । लामिछाने पत्नी नीकिताले सोमबार आफूले श्रीमानको तर्फबाट न्यायका लागि उच्च अदालत बुटवलको ढोका पनि ढक्ढक्याएको सामाजिक संजालमार्फत जानकारी गराएकी छन् ।
उनले श्रीमान लामिछानेको न्यायका लागि आफूले संविधान र कानूनले अनुमति दिएका देशभित्र र बाहिरका न्यायका हरेक ढोका ढक्ढक्याउने बताएकी हुन् । श्रीमान लामिछानेको कारागारमा जीवन समेत सुरक्षित नरहेको उनको गुनासो छ ।
नीकिताले आफैले झुटा मुद्दा लगाएर, सत्ता र शक्तिको चरम दुरुपयोग गरेर जेलमा थुनेको एउटा बन्दीलाई प्रधानमन्त्रीदेखि महामन्त्रीसम्मले संसदको रोष्ट्रमबाट समेत धमक्याउने कार्य गरेकोेप्रति आपत्ति प्रकट गरेकी हुन् । नीकिताले आफ्नो श्रीमान लामिछानेलाई बिगो तोकेर त्यो बराबरको बैंक जमानत लिएर जेलबाहिरबाट मुद्दा लड्नका लागि सरकारसँग आग्रह गरेकी छन् ।
लामिछाने पत्नी नीकिताले सामाजिक संजालमा यस्तो लेखेकी छन् :

सम्बन्धित खबर
बालेनलाई गगनको सुझाव: सचिवालयको मात्र भर नपर्नुस्, राष्ट्रसंघमा तथ्यसहित प्रस्तुत हुनुस्
महाधिवेशन नरोके कांग्रेस विभाजन हुन्छ, गगनजीलाई सभापति मान्न तयार छौं: लेखक
प्रधानमन्त्री बालेनले भने- ‘बाढीपीडितलाई हियाउनु अपराध हो, अपराधीहरूप्रति सरकार निर्मम हुन्छ’
देशमा अन्योल र अनिश्चयको भूमरीको अवस्था छ: प्रचण्ड
त्रिशुली थ्री-एको सुरुङबाट दशौं दिनमा दुई जनाको जीवितै उद्धार, दोहोर्याएर खोज्दा पनि थप कोही फेला परेनन्
धादिङ पछि नुवाकोट पुगेर ओलीले भने : मन्त्रीहरु पपुलारिटी बटुल्न मात्रै लागे, काम गरेनन्
यो पनि पढौँ
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी