स्याङ्जाको वालिङ नगरपालिका –५ जरकोटमा भएको कुटपिट प्रकरणमा ज्यान गुमाएका ढालबहादुर थापाको मृत्युपछि गाउँ अझै शोकमा डुबिरहेको छ । साधारण विवादले मृत्युमा पुग्दा स्थानीय स्तब्ध भएका छन् भने प्रहरी पक्षले अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ ।
भदौ ७ गते राति मोटरसाइकल चर्को आवाजमा चलाएको विषयमा सुरु भएको विवादपछि वालिङ् -५ बाहुनडाँडाका ३२ वर्षीय ढालबहादुर थापालाई केहि युवाहरूले कुटपिट गरेका थिए । गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज लगिएकोमा भोलिपल्ट भदौ ८ गते बिहान चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनापछि प्रहरीले आठ जना आरोपितलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको हरिनास गाउँपालिका -५ का २२ वर्षीय सिजन थापा, २० वर्षीय विवेक मानन्धर, २३ वर्षीय गुरु प्रसाद लम्साल ‘गोरे’, १७ वर्षीय आर्यन क्षेत्री, २३ वर्षीय विश्वास वाग्ले, हरिनास गाउँपालिका -६ का २२ वर्षीय निशान थापा र चापाकोट नगरपालिका -५ का २४ वर्षीय अनिल शाही ठकुरी र २३ वर्षीय बादल विक रहेका छन् । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले हरिनास गाउँपालिका –५ का २२ वर्षीय सिजन थापा र चापाकोट नगरपालिका –५ कान्तीका २४ वर्षीय अनिल शाहीलाई भदौ ८ गते नै नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका आरोपितहरुलाई कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
अनुसन्धानसँगै प्रहरीले घटनास्थल वरपरका थप प्रमाण सङ्कलन, प्रत्यक्षदर्शी बयान र मोबाइलजस्ता डिजिटल सामग्रीको परीक्षणमा समेत जोड दिएको सूचना अधिकारी चौधरीको भनाइ छ ।
ढालबहादुरको असामयिक निधनले परिवारमा अपूरणीय क्षति पुर्याएको छ । स्थानीयले उनीलाई मिलनसार र सहयोगी स्वभावको व्यक्ति भएको भन्दै स्मरण गरेका छन् । “साधारण विवादमा पनि आत्मसंयम गुमाउँदा कस्तो ठूलो दुर्घटना हुन्छ भन्ने पाठ हामीले सिकेका छौं,” एक स्थानीयले भने ।
यसबीच, मृतकका परिवारले दोषीलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न माग गरेका छन् ।
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो