काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले अहिले पार्टीबाट सरकारमा गएका मन्त्रीहरू हेरफेर नहुने जनाएको छ । प्रधानमन्त्री केपी ओलीले सरकार एक वर्ष पुगेपछि मन्त्री हेरफेर गर्न चाहेपनि कांग्रेसले आफ्नो मन्त्रीहरू नफेर्ने निष्कर्षमा पुगेको हो ।
यद्यपि, आज बसेको शीर्ष नेताहरूको बैठकमा मन्त्री हेरफेर गर्नेबारे कुनै छलफल नभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
अहिले उपप्रधान तथा शहरी विकास मन्त्रालयकाे जिम्मेवारी लिएर प्रकाशमान सिंहले कांग्रेसबाट सरकारकाे नेतृत्व गरिरहेका छन् ।
प्रधानमन्त्रीलाई जसपा र लोसपाले मन्त्री बदल्न दबाब दिइरहेका छन् । जसपाबाट खानेपानीमन्त्री प्रदीप यादव र महिला मन्त्री नवलकिशोर सुडी छन् । उनीहरूलाई फिर्ता बोलाएर वीरेन्द्र महतो र रञ्जुकुमारी झालाई मन्त्री बनाउन जसपाले प्रधानमन्त्रीलाई नाम दिइसकेको छ ।
लोसपाले पनि पार्टीबाट श्रममन्त्री शरदसिंह भण्डारीलाई फिर्ता बोलाएर सर्वेन्द्रनाथ शुक्ललाई बनाउन प्रधानमन्त्रीलाई आग्रह गरिसकेको छ ।
प्रधानमन्त्री ओलीले कांग्रेसले पनि केही मन्त्री फिर्ता बोलाए पार्टीबाट केही मन्त्रीहरू हेरफेर गर्न चाहेका थिए । तर, कांग्रेसले मन्त्री हेरफेर नगर्ने अडान लिएपछि प्रधानमन्त्री अफ्ठेरोमा परेका छन् ।
सम्बन्धित खबर
विशेष महाधिवेशनबाट कांग्रेस सभापति बने गगन थापा, यस्तो छ निर्वाचित कार्यसमिति (सूचीसहित)
विशेष महाधिवेशनको नाममा पार्टी फुटाएपछि कांग्रेसका ५ प्रदेश र ४८ जिल्ला सभापतिको असहमति
नेपाली कांग्रेस फुट्यो, गगन, विश्वप्रकाश र फर्मुल्लाह बाहेकलाई पार्टीमा फिर्ता हुन कांग्रेसको अपील
गगन थापा र विश्वप्रकाश शर्मा सहितलाई कांग्रेसबाट निष्काशनको घोषणा
पार्टीको सभापति र देशको प्रधानमन्त्री बन्नेगरी गगनलाई अघि सार्दैछौं : विश्वप्रकाश
कांग्रेस-एमालेका नेतासमेत राजसंस्थाको पक्षमा बोल्न थाले: लिङ्देन
यो पनि पढौँ
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
गायक प्रशान्त तामाङ रहेनन्
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोधः वडाध्यक्षले खुकुरी नचाएपछि पक्राउ
विशेष महाधिवेशनको नाममा पार्टी फुटाएपछि कांग्रेसका ५ प्रदेश र ४८ जिल्ला सभापतिको असहमति