काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी ओलीले हप्तामा एकपटक प्रधानमन्त्री पद कांग्रेसलाई छाड्छु भन्नुको अर्थ नभएको बताएका छन् ।
काठमाडौंमा आयोजित ‘जीवन एक बिम्ब अनेक’ नामक मुक्तक संङग्रहको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै पद छाड्छु भनेर प्रधानमन्त्रीले कांग्रेसलाई सम्झाइराख्नु नपर्ने बताए । अहिले दलहरु सत्ता राजनीतिमा केन्द्रित रहेकाे भन्दै नेताहरुले डर र लोभबाट मुक्त हुनुपर्ने बताए ।
उनले भने, ‘दुई वटा कुरामा बाँधियो भने पार्टीले पनि काम गर्न सक्दैन। राजनीति कार्यकर्ताले पनि सक्दैनन्। यो बेलामा कांग्रेस ०८४ मा मेरो अवस्था के होला भन्नेबाट मुक्त हुनुपर्छ । कांग्रेस आलोपालो भनेर प्रधानमन्त्रीले हप्ताको एकपटक भन्नुहुन्छ, उहाँले म छोड्छु भनेर हामीलाई सम्झाउनुहुन्छ। हामी अहिले छाड्नुहोला कि नहोला भन्ने अलमलबाट मुक्त हुनुपर्छ, कांग्रेसले आफ्नो धर्म र कर्म लोभ, डरबाट मुक्त भएर गर्नुपर्छ ।’
उनले नेता कार्यकर्तालाई पछिको धेरै चिन्ता नगरी काममा केन्द्रित हुन निर्देशन दिए । उनले अहिले पार्टीका नेता कार्यकर्ताको साथले महामन्त्री भएको भन्दै परे पछाडि सँगै चकटीमा बस्न पनि तयार रहेको बताए ।
सम्बन्धित खबर
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
संसद् बैठकमा फोनमा कुरा गरे, फोटो भिडियो खिचे कारबाही, सभामुखतर्फ पिठ्युँ फर्काएर बस्न नपाइने
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
गृहमन्त्रीमाथि दमनको आरोप, जेनजी मुभमेन्टद्वारा तत्काल राजीनामाको माग
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने सरकारको निर्णय
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह