नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सुशासन र सामाजिक न्यायको पक्षमा काम गर्दा आफ्नो सरकारलाई षड्यन्त्रपूर्वक हटाइएपछि विगतको जस्तो ‘शान’ नरहेको स्वीकार गरेका छन्।
उनले अब फेरि विद्रोह गर्ने वा हतियार उठाउने अवस्था नरहेको स्पष्ट पार्दै प्राप्त उपलब्धिलाई जोगाउन सशक्त शान्तिपूर्ण आन्दोलनको विकल्प नभएको बताए।
शनिबार काठमाडौंमा आयोजित ‘नेपालमा दलित अधिकारको अवस्था’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफ्नो नेतृत्वको सरकार ढल्नुको कारण र वर्तमान राजनीतिक अवस्थाबारे खुलेर कुरा गरे।
“फेरि विद्रोह गर्न, युद्ध गर्न, हतियार उठाउन पर्ने र सक्ने दुवै ठाउँमा छैनौं। पर्ने ठाउँमा नि पुगिसक्या छैनौं, सक्ने ठाउँमा नि पुग्या छैनौं। त्यही गरेबापत त हामी सरकारबाट बाहिरिनु पर्यो।” उनले भने।
अध्यक्ष दाहालले आफ्नो सरकारले भ्रष्टाचारविरुद्ध र दलित समुदायको पक्षमा राम्रा कामहरू सुरु गरेकै कारण सुशासन विरोधी र भ्रष्ट तत्वहरूले षड्यन्त्र गरेर सरकार ढालेको आरोप लगाए।
“कसरी बाहिरियौं त भन्दा, जो सुशासन विरोधी छन्, जो भ्रष्टाचारमा लिप्त छन्, जो दलित र उत्पीडित वर्ग विरोधी छन्, उनीहरूले ठूलो जालझेल र षड्यन्त्र गरेर राम्रो काम गर्न खोज्दा हामीलाई हटाइयो,” उनले भने।
वर्तमान सत्ता गठबन्धनप्रति लक्षित गर्दै उनीहरूसँग दुई तिहाइको बहुमत भएकाले आफूहरू निरीह अवस्थामा पुगेको उनले स्वीकार गरे।
“अब त उनीहरूले दुई तिहाइ लिएर बसेका छन्। जति उफ्रे पनि के भो र?” उनले भने, “हामीसँग दुई तिहाइ छ, जति भ्रष्टाचार गरे नि पाइएकै छ, भ्रष्टहरूलाई बचाइएकै छ, अदालतलाई पट्याइएकै छ, संवैधानिक निकाय कब्जा गरिएकै छ।”
आफ्नो सरकारले गरेका कामहरूको स्मरण गर्दै उनले भने, “हामीले भ्रष्टाचारका विरुद्ध राम्रो काम गर्न सुरु गर्या होइन ? अधिकार सम्पन्न दलित विकास प्राधिकरण गठनका कुरा त गरेकै हो नि ! तर त्यही गरेबापत हामी सरकारबाट बाहिरिनु पर्यो।”
उनले अबको एकमात्र विकल्प भनेको सदन, सडक र सरकारका सबै मोर्चाबाट सशक्त र एकीकृत आन्दोलन गर्नु रहेको बताए।
सम्बन्धित खबर
विशेष महाधिवेशनबाट कांग्रेस सभापति बने गगन थापा, यस्तो छ निर्वाचित कार्यसमिति (सूचीसहित)
विशेष महाधिवेशनको नाममा पार्टी फुटाएपछि कांग्रेसका ५ प्रदेश र ४८ जिल्ला सभापतिको असहमति
नेपाली कांग्रेस फुट्यो, गगन, विश्वप्रकाश र फर्मुल्लाह बाहेकलाई पार्टीमा फिर्ता हुन कांग्रेसको अपील
गगन थापा र विश्वप्रकाश शर्मा सहितलाई कांग्रेसबाट निष्काशनको घोषणा
पार्टीको सभापति र देशको प्रधानमन्त्री बन्नेगरी गगनलाई अघि सार्दैछौं : विश्वप्रकाश
कांग्रेस-एमालेका नेतासमेत राजसंस्थाको पक्षमा बोल्न थाले: लिङ्देन
यो पनि पढौँ
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
गायक प्रशान्त तामाङ रहेनन्
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोधः वडाध्यक्षले खुकुरी नचाएपछि पक्राउ
विशेष महाधिवेशनको नाममा पार्टी फुटाएपछि कांग्रेसका ५ प्रदेश र ४८ जिल्ला सभापतिको असहमति