राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा लेखजंग थापालाई उम्मेदवार बनाउने घोषणा गरेको छ।
रास्वपा उपसभापति डिपी अर्यालले आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका हुन्।
रास्वपाका अनुसार प्राइमरी इलेक्सन गरी उम्मेदवार छानिएको हो। ९ जना उम्मेदवार बन्न आकांक्षी थिए। त्यसमध्ये लेखजंगलाई उम्मेदवार बनाइएको हो। उपनिर्वाचनका लागि थापासहित सुलभ खरेल, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्री आकांक्षी थिए ।
आकांक्षीहरूमध्येबाट उम्मेदवार चयन गर्न रास्वपाले १२ भदौ बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म प्राइमेरी इलेक्सन गरेको थियो । अनलाइन भोटिङमा सबैभन्दा बढी भोट पाएको व्यक्तिलाई उम्मेदवार घोषणा गरेको रास्वपाको दाबी छ ।
भैरहवाका लेखजंग वरिष्ठ न्युरोलोजिष्ट, अभियानी र सामाजिक व्यक्तित्व हुन्। उनले नेपाली न्युरो साइन्सको विकास र बिरामी उपचारमा १६ वर्षभन्दा बढी समय बिताएका छन्।
पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबिबिएस, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी र कलेज अफ मेडिकल साइन्सेज चितवनबाट डिएम न्युरोलोजी पढेका लेखजंग अमेरिकाको हार्वर्ड विश्वविद्यालयको ‘सेफ्टी क्वालिटी लिडरसिप एन्ड इन्फर्मेटिभ’ का पनि ग्राजुएट हुन्।
उनका ८० वटाभन्दा बढी अनुसन्धानात्मक पेपरहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन्। लेखजंग नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्षसमेत हुन्।
उनकै टिमको पहलमा बनाइएको राष्ट्रिय स्ट्रोक उपचार व्यवस्थापन प्रोटोकलसमेत केही दिनअघि जारी भएको छ। यसलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत गरेको छ।
निर्वाचन आयोगले कात्तिक १७ गते रूपन्देही क्षेत्र नम्बर ३ र मनाङमा उपनिर्वाचन गर्ने घोषणा गरेको छ।
पहिले नाउपाको समानुपातिक उम्मेदवार, अहिले रास्वपाबाट प्रत्यक्ष
डा. लेखजंग थापा चार महिनाअघिसम्म नागरिक उन्मुक्ति पार्टीमा रहेको खुलेको छ । उनलाई नाउपाले समानुपातिकको बन्दसुचीमा राखेको थियो ।
२०७९ सालमा सम्पन्न चुनावमा लुम्बिनी प्रदेशका लागि खस आर्यतर्फ उनी समानुपातिक सुचीमा रहेका थिए । उनको नाम प्राथमिकता क्रमको पाचौं नम्बरमा थियो । रुपन्देही ३ मा उपचुनाव हुने भएपछि उनी रास्वपातिर ढल्किएका हुन् ।
थापाले चार महिना अगाडि पार्टीबाट राजीनामा दिँदै आफूलाई बन्द सुचीबाट हटाउन आग्रह गरे । अध्यक्ष रञ्जिता श्रेष्ठले राजीनामा स्वीकृत गरिन् र नाउपाले निर्वाचन आयोगमा पत्राचार गर्यो । आयोगले गत २१ साउनमा मात्रै थापालाई बन्द सूचीबाट हटाइएको लिखित जानकारी गराएको छ ।
वरिष्ठ न्युरोलोजिष्ट डा. थापा सिद्धार्थनगर–९ निवासी हुन् ।
सम्बन्धित खबर
पूर्वमन्त्री जोशीले पाए सबै कैद छुट, अब जेलमा बस्न नपर्ने
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
संसद बैठकमा खाली कुर्सी देखिन थालेपछि सांसदहरूको हाजिरी हेर्दै रास्वपा
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ
गगन थापा भन्छन्- सरकारका मन्त्रीहरू ‘छोटे राजा’को शैलीमा देखिन थाले
जेनजी आन्दोलनले देशको स्वाधीनता खतरामा पर्यो: उपेन्द्र यादव
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित