अफगानिस्तानम ६ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प जाँदा ८०० जनाको मृत्यु भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।
अफगानिस्तानको नांगरहार प्रान्तको जलालवाद सहरबाट १७ किलोमिटर उत्तरपूर्वी भूभागलाई केन्द्रबिन्दु बनाएर आइतबार राति ११:४७ बजे ६ म्याग्नेच्युडको भूकम्प गएको थियो।
तालिबान सरकारले पहिलो पटक सार्वजनिक गरेको विवरण अनुसार भूकम्पमा परी ८०० जनाको मृत्यु भएको अमेरिकी अनलाइन एनबिसीन्युजले जनाएको छ।
त्यस्तै, २५०० भन्दा बढी घाइते भएको पनि समाचार उल्लेख छ।
भूकम्पले ग्रामीण इलाकामा क्षति पुर्याएकाले विवरण पनि ढिला प्राप्त भएको भनेर तालिबानलाई उद्धत गरेर एनबिसीले लेखेको छ।
भूकम्पले धेरै प्रभाव पारेको क्षेत्रमा उद्धारका लागि सडकबाट जाने अवस्था नरहेको भनेर तालिबान सरकारले अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरेका छन्।
राति ६ म्याग्नेच्यूडको भूकम्पपछि लगत्तै आएको ५ म्याग्नेच्यूडभन्दा बढी तीव्रताको पराकम्पनले थप क्षति पुर्याएको बताइएको छ।
त्यसपछि पनि चार साढे ४ म्याग्नेच्यूडभन्दा बढी तीव्रताका कैयौं पराकम्पन महसुस भएको थियो।
भूकम्पको पहिलो झट्काले अफगानिस्तान र पाकिस्तानको पूर्वी सिमानामा केन्द्रबिन्दु बनाएको भए पनि यसको २ सय किलोमिटरको दुरीमा रहेको काबुल र ४०० किलोमिटर दुरीमा रहेको इस्लामावादसम्म हल्लाएको थियो।
यसअघि सन् २०२२ मा पूर्वी अफगानिस्तानमा ५.९ म्याग्नेच्युडको भूकम्प जाँदा एक हजार जनाको मृत्यु भएको थियो।
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
दिल्लीमा तनाव, संसद् भवनमा प्रवेश गर्न खोजेपछि ककरोच पार्टीका संस्थापक पक्राउ
भेनिजुएला भूकम्प: बेपत्ता आफन्तको खोजीमा छटपटी
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन