नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित गर्दै विचार र सङ्गठनविना केवल व्यक्तिको चमत्कारले मात्रै समाज रूपान्तरण नहुने बताएका छन्।
रास्वपा सभापति रवि लामिछाने प्रति कटाक्ष गर्दै उनले ‘नायकले खुट्टा बजार्दैमा पार्टी नबन्ने’ बताए।
सोमबार एमाले नेता आनन्द पोखरेलद्वारा लिखित ‘कम्युनिस्ट पार्टी निर्माणका आधार’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै ज्ञवालीले रास्वपाको नाम नलिईकनै पछिल्लो समय विश्वव्यापी रूपमा चलेको विचार र सङ्गठन विरोधी ‘हावा’ नेपालमा पनि चलेको टिप्पणी गरे।
‘अहिले संसारैभरि त्यस्तो हावा छ, देश भित्र पनि अलिअलि त्यो हावा छ। विचार किन चाहियो, पार्टी किन चाहियो, संगठन किन चाहियो, राम्रो काम गरे त भइहाल्यो नि भन्ने भ्रम छ,’ ज्ञवालीले भने, ‘आजको समस्या भनेको रूपान्तरणका लागि विचार र सङ्गठन होइन, एउटा चामत्कारिक नेतृत्व चाहिन्छ र त्यसले सबै कुरा गर्छ भन्ने भ्रम हो।’
उनले रास्वपा सभापति रवि लामिछानेतर्फ संकेत गर्दै जेलको भित्तामा लेखिएको प्रसङ्ग उल्लेख गरे।
‘अस्ति एकजनाले जेलको भित्तामा लेख्नुभयो, ‘हरेक मान्छे श्रीकृष्ण भएर जन्मिनेछन्’ भनेर,’ ज्ञवालीले भने, ‘दक्षिण भारतीय फिल्मजस्तो एउटा नायक आएर यस्तो खुट्टा बजारेपछि, हुरुरुरु हावा चल्छ र अगाडिका भिलेनहरू उड्छन्, यस्तो पार्टी निर्माण हुँदैन।’
उपमहासचिव ज्ञवालीले आफ्नै पार्टीका नेताहरूको कार्यशैलीमाथि पनि टिप्पणी गरे। उनले पार्टीका कतिपय केन्द्रीय सदस्य र पदाधिकारीहरूले नै आफ्नो वडामा चुनाव जिताउन नसक्ने तर ठूला कुरा गरेर हिँड्ने गरेको भन्दै आलोचना गरे।
‘हामी कतिपय केन्द्रीय सदस्य होऔँला, कतिपय पदाधिकारी होऔँला, कति जिल्लाका नेताहरू होऔँला, जसले आफ्नो वडासमेत जिताउन सक्दैनौँ। तर कुरा चाहिँ ठूलठूला गर्छौँ,’ उनले भने, ‘हाम्रा कार्यकर्ता धागो चुँडिएको चङ्गाजस्तो माथि-माथि मात्रै छन्, तल जनाधार छैन।’
उनले पञ्चायतकालमा राजा महेन्द्रले समेत ‘गाउँ फर्क राष्ट्रिय अभियान’ मार्फत गाउँ-गाउँमा सञ्जाल बनाएको र त्यो शैली कम्युनिस्ट पार्टीहरूबाटै सिकेको उदाहरण दिँदै संगठनको महत्त्वमाथि जोड दिए।
उनले पार्टीका विचारलाई जनतासम्म पुर्याउन कार्यकर्ता बलियो हुनुपर्ने र जनतासँग जोडिनु नै सबैभन्दा महत्त्वपूर्ण कुरा भएको बताए।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण