काठमाडौं । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तासाझेदार दल नेपाली कांग्रेसलाई आन्दोलनको रक्षा गर्न नसक्ने ‘टेस्टेड’ शक्ति भनेका छन् ।
हिजोदेखि गोदावरीमा जारी विधान महाधिवेशनमा ओलीले पेश गरेको राजनीतिक दस्तावेजमा कांग्रेस लोकतन्त्रको रक्षा, राज्य सञ्चालन र समृद्ध समाज निर्माण लागि भने यो ‘टेस्टेड’ भइसकेको शक्ति रहेको र यसले २००७ सालपछिको क्रान्तिका पक्षधर शक्तिहरूलाई समेट्दै आन्दोलनको रक्षा गर्न नसकेको उल्लेख छ ।
त्यस्तै, कांग्रेसले २०१५ सालको निर्वाचनमा दुई तिहाइम बहुमत पाएर पनि क्रान्तिका उपलब्धि जोगाउन नसेको २०४८ र २०५६ मा दुई–दुई पटक बहुमत पाएर पनि आफ्नै अन्तरकलहका कारण सरकार गुमाएको र २०५९ सालमा प्रजातन्त्र नै राजाको हातमा पुग्ने स्थिति निर्माण भएको प्रतिवेदनमा उल्लेख छ ।
साथै, अवलम्बन गरेको नवउदारवादी आर्थिक नीतिले समृद्धिको अभियानको नेतृत्व गर्न नसक्ने पनि ओलीले दस्तावेजमा उल्लेख गरेका छन् । नवउदारवाद संसारभरि नै असफल भइसकेको र नेपालमा पनि यस विचारले अगुवाइ गर्न सक्ने कुनै सम्भावना नरहेको उनले बताएका छन् ।
सम्बन्धित खबर
पूर्वाधारमन्त्री सुनिल लम्सालको सचिवालय ३९ सदस्यीय ! फेरि थपियो विज्ञ सल्लाहकार
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
मौलापुरकी मेयरले बालेनलाई भनिन्: टुकुचामा गाडिदिने भन्नुहुन्थ्यो, क-कसलाई लालबकैयामा गाड्नुपर्ने हो, सल्लाह पाऊँ
कृष्णभीरमा पहिरो हटाएर खुल्यो नयाँ ट्रयाक, असोज १ देखि दुईतर्फी खुल्ने
कांग्रेस फुटबाट जोगाउन अब गाह्रो, इतर समूहले पनि सार्वजनिक गर्यो १५औं महाधिवेशनको कार्यतालिका
दुर्गा प्रसाईं भन्छन्: देश जलाउने राजनीतिमा मेरो रुची छैन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन