भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेनजी)हरुले प्रदर्शनमा उत्रिएका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंमा प्रमुख एसएसपी विश्व अधिकारीले कम्तीमा ४ हजारको संख्यामा युवाहरु भेला भएको बताएका छन् ।
तर, गृह मन्त्रालयका एक अधिकारीका अनुसार कम्तीमा १२ हजार जेनजी भेला भएको जानकारी प्रहरीले पठाएको छ । त्यहीअनुसार सुरक्षा व्यवस्था मिलाउन सर्कुलर जारी भएको एक अधिकारीले बताए ।
प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । ‘कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षा संयन्त्र मजबुत बनाइएको छ,’ अधिकारीले भने, ‘उहाँहरुलाई आफ्ना माग राख्न कुनै अवरोध गर्नेछैनौं ।’
आन्दोलन घोषणा गर्दा जेनजीहरुले संसद भवन अगाडि पनि प्रदर्शन गर्ने घोषणा गरेका थिए । तर, उक्त क्षेत्र निषेधित गरिएकोले उनीहरुलाई अगाडि नै रोकिएको छ ।
बानेश्वरमा तोडे निषेधित क्षेत्र, प्रहरीद्वारा पानीको फोहरा प्रहार
विरोधमा प्रदर्शनमा उत्रिएका जेन-जीले बानेश्वरतर्फको निषेधित क्षेत्र तोडेका छन्। यहाँ प्रहरीले ब्यारीकेड राखेर निषेधित क्षेत्र छुट्याएको थियो। तर प्रदर्शनकारीहरूले धकेलाधकेल गर्नेक्रममा ब्यारीकेड तोडेका हुन्। भीड नियन्त्रण गर्न प्रहरीले पानीको फोहरा प्रहार गरेको छ।

त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको छ भने उनीहरूले प्रहरीलाई कागज, सडकमा भेटिएका रुखका हाँगाका टुक्रा, पानीका बोत्तलले प्रहार गरेका छन्। प्रदर्शनकारीहरूले सरकारविरुद्व विभिन्न नाराबाजी गरिरहेका छन् ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए