काठमाडौं । गृहमन्त्री रमेश लेखकसमक्ष तीन सुरक्षा नियकायका प्रमुखले जेनजी आन्दोलनमा आपराधिक जत्थाको घूसपैठ भएको र तिनैले ताण्डव मच्चाउँदा हिंसात्मक रुप लिएको ब्रिफिङ गरेका छन् ।
उनीहरूले रास्वपा, राजावादी र दुर्गा प्रसाईंका समूहको घूसपैठ हुँदा स्थितिले हिंसात्मक रुप लिएको जानकारी गृहमन्त्रीलाई दिएका छन् ।
बानेश्वरको प्रदर्शन नियन्त्रण बाहिर गएर मानिसहरू हताहत हुन थालेपछि दिउँसै लेखकले सुरक्षा प्रमुखलाई सिंहदरबारमा बोलाएका थिए । ब्रिफिङमा नेपाल प्रहरीका आईजी चन्द्रकुवेर खापुङ, सशस्त्र आईजी राजु अर्याल र राष्ट्रय अनुसन्धान विभागका प्रमुख हुतराज थापा थिए ।
प्रहरी र सशस्त्रले उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै संसद भवनको सुरक्षा गरेको, तर त्यसक्रममा बल प्रयोग गर्दा स्थिति अप्रिय भएको भनेका छन् ।
जेन जी प्रदर्शनका आयोजकले व्यक्त गरेको प्रतिवद्धताप्रति ढुक्क हुँदा र उनीहरुको नाममा अन्य समूहको घूसपैठ भएको कुराको पूर्वअनुमान गर्न नसक्दा सोमबार बानेश्वर क्षेत्र हिंसात्मक भएको उनीहरुले गृहमन्त्री लेखकलाई बताए ।
स्थिति नियन्त्रणबाहिर जान थालेपछि जेन जी प्रदर्शनका आयोजकले एक सूचना जारी गरेर आफूहरु उक्त प्रदर्शनबाट पछाडि हटेको घोषणा गरेपछि अन्य प्रदर्शनकारीले नयाँ बानेश्वरको निषेधित क्षेत्र तोडेको र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित संसद भवनमा छिरेको उनीहरूले बताए ।
सरकारले जेन जी प्रदर्शनकारीसँग संयमित व्यवहार गर्नका लागि दिएको निर्देशन पालना गर्दा हिंसात्मक जत्था भित्रिएको र तिनले यो हदसम्म गतिविधि गर्लान् भनी अनुमान गर्न नसकिएको उनीहरुको ब्रिफिङ थियो ।
सुरक्षा प्रमुखहरुसँग ब्रिफिङ लिएलगत्तै मन्त्री लेखक राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा सहभागी हुन प्रधानमन्त्री निवास बालुवाटार गएका हुन् । अहिले पनि उनी त्यहीँ छन् । त्यहाँ परिषद्को बैठक सकिनासाथ साँझ ६ बजेदेखि मन्त्रिपरिषद्को बैठक बस्दैछ ।
सम्बन्धित खबर
प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन्- मुख्यमन्त्री पाण्डे
दशैं मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो
राजमार्गका होटलमा खाना खाँदा यात्रु बिरामी परे चालक र साहुजी दुवैलाई कारबाही गरिने
खगेन्द्र सुनारमाथि रास्वपाको आन्तरिक छानबिन सुरु, औपचारिक कार्यक्रममा सहभागी हुन रोक
खगेन्द्र सुनारको अडियो सार्वजनिकपछि प्रहरीले आन्तरिक रूपमा बुझ्ने र निगरानी गर्ने काम अघि बढायो
आफ्नै साथी जस्तो लाग्छ, कमरेड भन्छ, नजिक आउँछ, ग्याम्म छुरी हान्छ: ओली
यो पनि पढौँ
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
कास्कीबाट काँग्रेस महाधिवेशनमा पदाधिकारीसहित १० जनाको उम्मेदवारी
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु