सञ्चारमन्त्री गुरुङको घरमा आगजनी, आगो नियन्त्रणमा

सञ्चारमन्त्री गुरुङको घरमा आगजनी, आगो नियन्त्रणमा

प्रचण्ड र देउवाको निवासमा पठाइयो ब्याकफोर्स

prithivi-subba-gurung

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको ललितपुरस्थित घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।

सुनाकोठीमा रहेको गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा गरेर आगो झोसेको एक प्रहरी अधिकारीले जानकारी दिए ।

ललितपुरका प्रहरी प्रमुख एसएसपी श्याम अधिकारीले गुरुङको घरमा लागेको आगो तत्काल नियन्त्रणको प्रयास भएको जानकारी दिए । ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा आगजनी भएको हो ।

सुरुमा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका थिए । आक्रोशित उक्त भिडले मन्त्री गुरुङको घरमा आगजनी गरेका हुन् ।

प्रदर्शनकारीहरुले लगाएको आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।

त्यस्तै, अन्य नेता तथा मन्त्रीहरु माथि पनि सामाजिक सञ्जालमा आक्रोश बढेको छ। काठमाडौं लगाय अन्य जिल्लामा पनि नेताका घरहरु टार्गेट रहेका छन्।

प्रहरीले उनीहरुको घरमा सुरक्षाका लागि ब्याक फोर्स पठाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ