मन्त्रीहरूलाई भैसेंपाटी निवासबाट हेलिकप्टरमार्फत् सुरक्षित स्थानमा लगियो

मन्त्रीहरूलाई भैसेंपाटी निवासबाट हेलिकप्टरमार्फत् सुरक्षित स्थानमा लगियो

helicopter-1757402104

मन्त्रीहरूलाई सुरक्षित स्थानमा सार्न थालिएको छ।

ललितपुरको भैंसेपाटीस्थित मन्त्री निवासबाट मन्त्रीहरूलाई मंगलबार दिउँसो सुरक्षित स्थानमा लगिएको हो।

‘मन्त्रीजीहरूलाई सुरक्षित स्थानमा सारेका छौं, काठमाडौं भ्यालीभित्रै सुरक्षित स्थानमा राखिएको छ,’ सुरक्षा निकाय उच्च स्रोतले सेतोपाटीसँग भन्यो।

नेपाली सेनाको हेलिकप्टरबाट मन्त्रीहरूलाई सुरक्षित स्थानमा लगिएको हो।

काठमाडौं र देशभर जेनजीको आन्दोलन चलिरहेको छ। काठमाडौं र इटहरीमा गरी १९ जनाको मृत्यु भएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ