जेनजी आन्दोलनकारीहरूको मागबमोजिम पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउन राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख दलका नेताहरू पनि सहमत भए पनि भ्रष्टाचार आन्दोलनमा भएको दमनबिरुद्ध उच्चस्तरीय छानबिन गर्न नेताहरू असहमत भएपछि अन्तरिम सरकार निर्माण प्रक्रियामा अवरोध उत्पन्न भएको छ।
तीन प्रमुख दलका नेताहरू खासगरी शीतलनिवासमा नै उपस्थित माओवादी अध्यक्ष पुष्पकमल दाहाल तथा फोनमा सम्पर्क गरिएका कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनमा भएको अत्याधिक बल प्रयोग र ३४ जनाको निधन भएको घटना र भ्रष्टाचारको छानबिन गर्न अस्वीकार गरेका छन्।
दलहरूले यी उच्चस्तरीय छानबिन आयोगका कारण जनतामा दलहरूबिरुद्ध आक्रोश निम्त्याउने भएकाले गठन गर्न अस्वीकार गरेको उच्च स्रोतले जानकारी दिएको छ।
दलहरूले यो विषय अस्वीकार गरेपछि वार्तास्थलबाट प्रस्तावित प्रधानमन्त्री कार्की जुरुक्क उठेर भनिन्- ‘हाथखुट्टा बाँधेर काम गर्न नपाउने जिम्मेवारी चाहिएन।’
राष्ट्रपति पौडेल संविधानकै मातहत रहेर समाधन खोज्न प्रयत्नशील रहेको भन्दै तीनै दलका प्रमुख नेताहरू र सभामुख देवराज घिमिरेसँग पनि अन्तरिम सरकार गठन प्रक्रिया र भावी कदमबारे बिहीबार दिनभरि र शुक्रबार बिहान चार बजेसम्म पनि छलफलमा बसेका थिए।
शुक्रबार दिउँसो सरकार गठन प्रक्रियाबारे थप छलफल गर्ने भनिए पनि अहिलेसम्म अगाडि बढ्न सकेको छैन।
सम्बन्धित खबर
२४ भदौको घटनाको छानबिन गर्न न्यायीक आयोग बनाउनुपर्ने काँग्रेसको अडान
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
संसद् बैठकमा फोनमा कुरा गरे, फोटो भिडियो खिचे कारबाही, सभामुखतर्फ पिठ्युँ फर्काएर बस्न नपाइने
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
गृहमन्त्रीमाथि दमनको आरोप, जेनजी मुभमेन्टद्वारा तत्काल राजीनामाको माग
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी