काठमाडौं । लामो रस्साकस्सीपछि शीतल निवासमा प्रतिनिधिसभा विघटन र पूर्वप्रधान्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति भएको छ ।
शीतल निवासमा जारी सर्वपक्षीय छलफलले संसद विघटन गर्ने सहमति भएको स्रोतले जानकारी दिएको छ। यसअघि राजनीतिक दलहरूले संसद विघटनको विपक्षमा उभिँदै आएका थिए।
शीतल निवासमा वार्तामा सहभागी अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार आजै राति ८:४५ मा कार्कीलाई शपथ खुवाउने तयारी छ ।
वार्तामा जेन-जी समूहका प्रतिनिधि, राष्ट्रपति रामचन्द्र पौडेल र सुशीला कार्कीका साथै कानुनविद्हरू सहभागी थिए । अन्तरिम सरकार गठनका लागि संवैधानिक प्रावधानको विषयमा राष्ट्रपति पौडेल, पूर्वप्रधानन्यायाधीश कार्की, प्रधानसेनापति अशोकराज सिग्देल, राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरबीच बिहीबार र शुक्रबार सघन छलफलमा जुटेका थिए ।
शीतल निवास स्रोतका अनुसार पूर्वप्रधानन्यायाधीश कार्कीले सानो आकारको मन्त्रिमण्डलसहित प्रधानमन्त्री पदमा सपथ ग्रहण गर्नेछन्। जेनजी प्रतिनिधिको सिफारिसमा कार्की प्रधानमन्त्री बन्न लागेका हुन्।
प्रधानमन्त्रीको रूपमा सपथ लिएपछि आजै मन्त्रिपरिषद् बैठक बस्ने स्रोतले बताएको छ। मन्त्रिपरिषद् बैठकले संसद विघटनका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने र राष्ट्रपतिले संसद विघटन गर्ने सहमति भएको स्रोतको भनाइ छ।
यसअघि सुशीला कार्कीलाई प्रधानमन्त्री बन्न राजनीति दलहरू सहमत भए पनि जेनजीले उठाउँदै आएको नेताहरूको सम्पत्ति छानबिनका सम्बन्धमा भने सहमति जुट्न सकेको थिएन। त्यस विषयमा पनि विस्तृत छलफल भएको स्रोतको भनाइ छ।
भ्रष्टाचार,अनियमितता र बेथितिविरुद्ध जेन-जीहरूले सुरु गरेको आन्दोलनको बलमा नेपालले पहिलो पटक सरकार प्रमुखमा महिला पाएको हो । जेन-जीले सोमबार गरेको प्रदर्शनमा सरकारले अत्यधिक बल प्रयोग गर्दा १९ जनाको मृत्यु भएको थियो भने २ सयभन्दा धेरै घाइते भएका थिए । मृत्यु हुनेको संख्या अहिले ५१ पुगिसकेको छ ।
आन्दोलनको पहिलो दिन नै अत्यधिक बल प्रयोग गरेपछि मंगलबार देशव्यापी प्रदर्शन भएको थियो । जसमा संसद् भवनदेखि सिंहदरबारसम्म र शीतल निवासदेखि सर्वोच्च अदालत र दर्जनौं निजी कम्पनी, होटल र सार्वजनिक संरचनामा क्षति पुगेको थियो ।
सम्बन्धित खबर
प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन्- मुख्यमन्त्री पाण्डे
दशैं मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो
राजमार्गका होटलमा खाना खाँदा यात्रु बिरामी परे चालक र साहुजी दुवैलाई कारबाही गरिने
खगेन्द्र सुनारमाथि रास्वपाको आन्तरिक छानबिन सुरु, औपचारिक कार्यक्रममा सहभागी हुन रोक
खगेन्द्र सुनारको अडियो सार्वजनिकपछि प्रहरीले आन्तरिक रूपमा बुझ्ने र निगरानी गर्ने काम अघि बढायो
आफ्नै साथी जस्तो लाग्छ, कमरेड भन्छ, नजिक आउँछ, ग्याम्म छुरी हान्छ: ओली
यो पनि पढौँ
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
त्रिविद्वारा ९५ हजारभन्दा बढी विद्यार्थीको ग्रेस लिस्ट सार्वजनिक, आगामी पुसमा दीक्षान्त समारोह गरिने