भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अस्थिर वातावरणमा पनि नेपालले लोकतान्त्रिक मूल्य–मान्यतालाई सर्वोच्चमा राखेको टिप्पणी गरेका छन् ।
जेन–जी विद्रोहपछि ६ महिनाभित्र निर्वाचन गर्ने गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको विषयमा मोदीको टिप्पणी आएको हो । यद्यपि, नेपालका प्रमुख दलहरूले संसद् विघटनमा असहमति जनाएका छन् ।
उत्तर–पूर्वी भारतको मणिपुरस्थित इम्फालमा शनिबार सम्बोधन गर्दै मोदीले नेपालको अन्तरिम सरकारका प्रधानमन्त्री कार्की र युवाहरूको प्रशंसासमेत गरेका छन् । प्रधानमन्त्री कार्कीलाई सार्वजनिक रूमपा बधाई दिँदै मोदीले नेपालको शान्ति, स्थिरता र समृद्धिको मार्गप्रशस्त हुने विश्वाससमेत जनाएका छन् ।
‘म आज नेपालको प्रत्येक व्यक्तिको प्रशंसा गर्दछु, जसले यस्तो अस्थिर वातावरणमा पनि लोकतान्त्रिक मूल्य–मान्यतालाई सर्वोच्चमा राख्यो,’ मोदीले भने, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा पदभार सम्हाल्नुभएकोमा म आज १४० करोड भारतवासीका तर्फबाट श्रीमती सुशीलाजीलाई हार्दिक बधाई व्यक्त गर्दछु । उहाँले नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्गप्रशस्त गर्नुहुनेछ भन्ने मलाई विश्वास छ ।’
भारतीय प्रधानमन्त्री मोदीले पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीलाको आगमन महिला सशक्तीकरणको उत्कृष्ट उदाहरण रहेको बताए । ‘हिमालयको काखमा रहेको नेपाल भारतको एक साथी हो, घनिष्ठ मित्र हो । हामी साझा इतिहासद्वारा जोडिएका छौँ, आस्थाद्वारा जोडिएका छौँ र सँगै मिलेर अगाडि बढिरहेका छौँ,’ मोदीले भने, ‘नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीलाजीको आगमन महिला सशक्तीकरणको एक उत्कृष्ट उदाहरण हो ।’ मोदीले सम्बोधन गर्ने मणिपुरको इम्फालमा शनिबार उल्लेख्य संख्यामा नेपालीभाषी भारतीय नागरिक पनि सहभागी थिए ।
आन्दोलनपछि नेपालमा युवाहरूले सडक सफा गर्न थालेकोमा समेत उनले चर्चा गरेका छन् । ‘पछिल्ला दुई–तीन दिनदेखि, नेपालका युवा–युवती धेरै कडा परिश्रम र शुद्धताको भावनाका साथ नेपालका सडक सफा गर्दै र रङ लगाउँदै गरेको देखिन्छ । मैले सोसल मिडियामा उनीहरूको तस्बिरहरू देखेको छु,’ मोदीले भने, ‘उनीहरूको यो सकारात्मक सोच र काम प्रेरणादायी मात्र नभई नेपालको नवोदयको स्पष्ट संकेत पनि हो ।’ मोदीले नेपालको उज्ज्वल भविष्यका लागि पनि शुभकामना दिएका छन् ।
नेपालका प्रधानमन्त्रीलाई दलाई लामाको पनि बधाई
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई तिब्बती धर्मगुरु दलाई लामाले बधाई सन्देश दिएका छन् ।
तिब्बती धर्मगुरु लामाबाट नेपालकी प्रधानमन्त्रीलाई यसरी सार्वजनिक रूपमा बधाई सन्देश आएको पहिलोपटक मानिएको छ । लामाले भारतमा निर्वासित जीवन बिताइरहेका छन् ।
लामाको सन्देश निर्वासित सरकार धर्मशालाको वेबसाइट र उनको व्यक्तिगत वेबसाइटमा राखिएको छ । नेपालले एक चीन नीतिप्रति प्रतिबद्धता जनाउँदै आएको छ भने लामालाई नेपालले तिब्बतका आधिकारिक व्यक्तिका रूपमा मान्यता दिएको छैन ।
लामाले तिब्बती शरणार्थीको पुनर्वासका लागि नेपाल सरकार र नेपाली जनताले प्रदान गरेको सुविधाका लागि आभार व्यक्त गरेका छन् । लामाले तिब्बती समुदाय सानो भए पनि नेपालको आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्याउँदै आएको पनि उल्लेख गरेका छन् ।
सम्बन्धित खबर
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा