सरकारले बुधबार (असोज १ गते) शोक दिवस मनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले जेन-जी आन्दोलनमा ज्यान गुमाएकाहरूप्रति शोक मनाउने निर्णय गरेको हो ।
उक्त दिन सार्वजनिक बिदा दिने निर्णय पनि सरकारले गरेको छ । आन्दोलनमा ज्यान गुमाएकालाई सहिद घोषणा गर्दै उनीहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय पनि गरिएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
सरकारले सहिद भएकाका परिवारलाई क्षतिपूर्ति तथा राहतस्वरूप १५ लाख रुपैयाँ दिने भएको छ । यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएको थियो । मन्त्रिपरिषद् बैठकले थप पाँच लाख रुपैयाँ दिने निर्णय गरेको गृहमन्त्री अर्यालले जानकारी दिए ।
बैठकले जेन-जी आन्दोलनमा भएका घटनाको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय पनि गरेको छ । आन्दोलनमा ज्यान गुमाउने युवाहरूको सम्झनामा जेन-जी स्मारक पार्क बनाउने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । त्यसैगरी जेन-जी आन्दोलनमा क्षति भएका संरचनाको पुनर्निर्माणका लागि पुनर्निर्माण कोष बनाउने निर्णय पनि गरिएको छ ।
यसैगरी प्रहरी प्रधान कार्यालयले जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको छ । प्रहरी प्रवक्ता विनोद घिमिरेले जारी गरेको सूचनाअनुसार उनीहरूलाई आइजिपीदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरेर उक्त राहत रकम दिन लागिएको हो ।
सम्बन्धित खबर
दुर्गा प्रसाईं फेरि पक्राउ
मुकुलको प्रश्न : ‘भोलि बालेन्द्र प्रधानमन्त्री हुँदा कोही संसद् भवन जलाउन आए प्रहरीले के गर्छ?’
चुनावी सभामा बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
रास्वपाको चुनाव प्रचार गर्ने गाडीले ठक्कर दिँदा ४ जना घाइते
जेनजी अभियन्ता तनुजाका ९ प्रश्न: शान्तिपूर्ण प्रदर्शनको दिशा कसले बदल्यो? सिंहदरबार जलाउन कसले उक्सायो?
मतदानमा दुई लाख २१ हजार कर्मचारी खटिँदै
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस