काठमाडौं । नेपाली राजनीतिमा यतिखेर स्वतन्त्र उम्मेदवारका रूपमा चर्चित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरानका उपमहानगरपालिका मेयर हर्क साम्पाङबीचको जुहारीले सामाजिक सञ्जाललाई तताएको छ ।
फेसबुकमा दुवै पक्षका समर्थकहरूबीच तीखो बहस चलिरहेको छ, जसमा हर्कले बालेनलाई लगातार प्रहार गरिरहेका छन् । हर्कले बालेनलाई विदेशी दलालको संज्ञा दिएका छन् । बालेनले यस बीचमा हर्कलाई एउटै मात्र जवाफ दिएका छन् । जसमा उनले हर्कलाई आफू एकतर्फी भए पनि निरन्तर माया गरिरहने भन्दै व्यंग्यात्मक स्टाटस लेखे ।
हर्कले भने बालेनलाई निरन्तर घोचपेच शैलीको फेसबुक पोष्टहरु हालिरहेका छन् । उनले दिनहुँ जस्तो बालेनलाई केही न केही को संज्ञा दिइरहेका हुन्छन् । यसबीचमा हर्कले बालेनलाई भनेका छन्, ‘विदेशी दलाल अझै निस्केन ? दलालका साइबर स्यालहरू कमेण्टमा रुवाबासी गरेको देख्दा नि उदेक लाग्छ मलाई !’

आन्दोलनपछि हर्क बालेनको पछाडि परेका हुन् । भदौ २३-२४ को जेननी प्रदर्शनपछि नेपालमा राजनीतिक परिवर्तन भयो । नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए । उनले राजीनामा दिएसँगै नेपालको अन्तरिम सरकारको नेतृत्व कसले गर्ने भन्ने युवाहरूले काठमाडौं महानगरका मेयर बालेनलाई हेर्न चाहेका थिए । तर बालेनले सरकारको नेतृत्व लिन चाहेनन् ।
यसैबीचमा हर्क धरानबाट आफुले राज्यको नेतृत्व लिने भन्दै काठमाडौं आए । तर, उनलाई सुनिएन । भारतीय दुतावासमा शरण परेर मन्त्री नखाने भन्दै उनि धरान नै फर्किए ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु