भारत राष्ट्र समितिका कार्यकारी अध्यक्ष र तेलंगानाका पूर्वमन्त्री केटी रामा रावले सरकारले जनताको आकांक्षा पूरा गर्न नसकेमा भारतमा पनि नेपालको जस्तै जेन-जी विरोध प्रदर्शन हुन सक्ने चेतावनी दिएका छन्।
शनिबार एनडीटीभी युवा कन्क्लेभमा बोल्दै रावले नेपालमा प्रदर्शन सुरु हुँदा प्रदर्शनकारीको खिल्ली उडाइएको बताए। तर पछि त्यही प्रदर्शनले तत्कालीन केपी शर्मा ओली सरकारलाई ढालेको कुरा पनि स्मरण गरे।
उनले भने, ‘नेपालमा हालै जे भयो त्यो लोकतन्त्रको दमन र जेन-जीको आवाजको दमन बाहेक अरू केही थिएन। सुरुमा, जेन-जीले विरोध गर्दा मिडियाले पनि खिल्ली उडाएको थियो। उनीहरूले भने कि उनीहरू इन्टरनेट (सामाजिक सञ्जाल) बन्दको विरोध गरिरहेका छन्। तर उनीहरू आफ्नो भविष्यको लागि विरोध गरिरहेका थिए।’
भारतमा पनि यस्तै विरोध हुन सक्छ भनेर सोधिएको प्रश्नमा उनले भने, ‘यदि सरकारले जनताको आकांक्षालाई पूरा गर्न असफल भइरह्यो भने, किन हुँदैन? हुन्छ।’ तर जब यो प्रश्न दर्शकलाई सोधियो, जसमा धेरै युवा थिए, उनीहरूले भारतमा नेपालको जस्तो प्रदर्शन नहुने बताए।
युवालाई जवाफ दिँदै उनले त्यसका लागि पर्खनुपर्ने बताए। उनका अनुसार सामाजिक सञ्जालका कारण राजनीतिज्ञले अब अनफिल्टर्ड प्रतिक्रिया पाइरहेका छन्। अबको १० वर्षमा राजनीति धेरै परिवर्तन हुने उनको भनाइ छ।
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
दिल्लीमा तनाव, संसद् भवनमा प्रवेश गर्न खोजेपछि ककरोच पार्टीका संस्थापक पक्राउ
भेनिजुएला भूकम्प: बेपत्ता आफन्तको खोजीमा छटपटी
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन