नेकपा एमालेका नेता तथा निवर्तमान शिक्षामन्त्री रघुजी पन्तले जेन-जी आन्दोलनका क्रममा देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमाथि भएको आक्रमण रोक्न नसकेको भन्दै नेपाली सेनाको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्।
उनले राष्ट्रको इतिहास र सम्पदाको रक्षा गर्न नसक्ने सेनाको औचित्यमाथि नै प्रश्न गर्दै यो सुरक्षा निकायको अक्षमता हो वा अनिच्छा, स्पष्ट हुनुपर्ने बताए।
सोमबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा कुरा गर्दै पन्तले भने, ‘सिंहदरबारको पर्खाल फोर्न गल र घन प्रयोग भइरहँदा, त्यहाँको इतिहास जल्दा सेना रमिता हेरेर बस्यो। यस्तो अवस्थामा हामीलाई सेना किन चाहियो ? यो उनीहरूको नसकेको हो कि नचाहेको हो ?’
आन्दोलनको गहिराइबारे राज्यका गुप्तचर निकायहरू पूर्ण रूपमा चुकेको उनको आरोप छ। ‘यो घटना हुनुभन्दा ४-५ दिनअघि नै मेरी छोरीले साथीहरूबिच भ्रष्टाचारविरुद्धको प्रदर्शनमा जानेबारे कुरा भइरहेको सुनाएकी थिइन्,’ पन्तले भने, ‘एउटा घरभित्र सामान्य छलफलमा आइसकेको कुरा राज्यका गुप्तचर एजेन्सीले कसरी थाहा पाएनन् ?’
उनले २०६२/६३ को जनआन्दोलनको स्मरण गर्दै त्यतिबेला आफूहरू जस्ता राजनीतिक नेतृत्वले आन्दोलनकारीलाई नियन्त्रणमा राखेको तर अहिलेको जेन-जी आन्दोलन नेतृत्वविहीन हुँदा अराजक बनेको बताए।
नागरिक फन्ट्रलाइनको पुरा एपिसोड हेर्न यहाँ क्लिक गर्नुहोस्
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा