पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालीको महान् पर्व बडादशैं/विजयादशमी २०८२ को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
उहाँले यस प्रकारका चाडपर्वको संरक्षण एवं सम्वर्द्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्न सक्ने विश्वास व्यक्त गरेका छन् ।
एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले भनेका छन् – ‘बडादशैंले हामी सबैमा राष्ट्र पुनर्निर्माणमा नयाँ जोश, जाँगर र उत्साह, उमङ्गसहित सामाजिक–सांस्कृतिक एकता कायम राख्न प्रेरणा प्रदान गरी दिगो शान्ति, नागरिकको सुरक्षा, अमनचयन, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न ऊर्जा मिल्नेछ भन्ने विश्वास लिएको छु ।’
बडादशैंले नेपालीबीच आपसी प्रेम, देशभक्ति, करुणा र अहिंसाको भावना बढ्नेछ भन्ने अपेक्षा पनि व्यक्त गरेका छन् ।
मुलुकको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता कायम गर्न साथै सामाजिक–सांस्कृतिक परम्परा, ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धन गर्न बडादशैंको विशेष महत्व रहेको उनले उल्लेख गरेका छन् ।

सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण