दसैँको घटस्थापनादेखि आजसम्मको नवौँ दिनको अवधिमा ६ लाख ११ हजार ६५७ जनाले काठमाडौं छाडेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही ६ असोजमा घटस्थापना सुरु भएको दिनदेखि आजसम्म सो संख्यामा यात्रु विभिन्न नाकाबाट काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा मात्रै ५८ हजार ३९६ जनाले काठमाडौं उपत्यका छाडेका छन् ।
दसैँ सुरु भएसँगै काठमाडौं उपत्यका छाड्ने नागरिकको संख्या तीव्र रुपमा बढ्दै गएको र पछिल्लो २४ घण्टामा मात्र १३ हजार ३२६ यात्रुवाहक सवारीसाधन उपत्यकाबाट बाहिरिएका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनले भने, ‘अहिले राजधानी छाडेर जानेको संख्या बढेको छ, काठमाडौं भित्रिने र बाहिरिने नाकामा सामन्य तरिकाले सवारीसाधन चलिरहेका छन् ।’ घटस्थापनादेखि आजसम्म काठमाडौं उपत्यकाबाट बाहिरिएका सवारीसाधनको संख्या १ लाख १३ हजार ४१५ पुगेको छ । यिनै सवारी साधनमार्फत यात्रामा निस्किनेहरुको मुख्य गन्तव्य भने देशका पूर्वी, पश्चिमी र सुदूरपश्चिम प्रदेशका जिल्ला रहेका छन् ।
काठमाडौं उपत्यकामा ७७ हजार ५४५ सवारीसाधनबाट ३ लाख १९ हजार १५ जना आजसम्म भित्रिएका उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । विशेषगरी कोटेश्वर, कलङ्की, बल्खु, नयाँ बसपार्क, जगती लगायतका नाकामा यात्रुको भिड देखिएको छ ।
सम्बन्धित खबर
आन्दोलनका जलाइएकी मेरी श्रीमतीको उपचार राज्यको दायित्व होइन भने कसको हो ?: झलनाथ खनाल
मधेसमा सभामुखको पाँच सांसद पदमुक्त गर्ने निर्णय उपसभामुखले गरिन् बदर
कुलमान घिसिङलाई प्रधानमन्त्रीले मन्त्री पदबाट बिदा गर्नुपर्छ: शंकर पोखरेल
मधेस प्रदेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित, प्रचण्ड माधवसँग ७ बुँदे सहमति
महाधिवेशन विवादले कांग्रेसमा विभाजन ल्याउने चिन्ता
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
अमेरिकाले सुगर, क्यान्सर र मोटोपना भएका बिरामीलाई भिसा नदिने