जेन–जी अभियन्ता रक्षा बमले अक्टोबर ९ मा फेरि आन्दोलन गर्ने भनेर चलाइएको हल्ला अफवाह मात्रै भएको बताएकी छन्। बुधवार फेसबुकमा लामो स्टाटस लेख्दै अभियन्ता बमले जेन–जी पुस्तालाई बदनाम गर्न यस्ता हल्ला फैलाउन थालिएको बताएकी छन्।
‘सडकमा लागेको रगतको छाप अझै सुकेको छैन। घाइते भएका साथीहरू अझै अस्पतालको बेडमै हुनुहुन्छ,’ बमले लेखेकी छन्,‘निहत्थाहरूमाथि निरकुंश तानाशाही शासकले अन्धाधुन्ध गोली बर्सायो । आन्दोलनको आडमा हाम्रा धरोहरहरू जल्यो।युवाहरू ढले। आँखामा आँसु ओभाएका छैनन्। भयावह दृश्य आँखै अगाडि नाचिरहन्छ।’ चाडबाडको पृष्ठभूमिमा भए पनि दिल खोलेर दसैँको शुभकामना भन्न नसकिरहेको उनले लेखेकी छन्।
‘हामी त्रासमै थियौं, तर जंगी अड्डाभित्र राज्यमा शान्ति कायम हुनुपर्छ भनेर उभिइरह्यौ। निकै रस्साकस्सीको बिचबाट नागरिक सरकार बनेको छ,’ बमले अगाडि लेखेकी छन्। आन्दोलनको म्यान्डेट लिएर सरकार आफूले सक्दो गतिमा काम गर्न खोजिरहेको पनि उनले दाबी गरेकी छन्। ‘यस्तो सङ्क्रमणकालीन अवस्थामा राज्यको शान्ति खलबल्याउन खोज्ने, डर त्रास फैलाउने, जेन–जी आन्दोलनलाई बदनाम गर्न खोज्ने हर प्रकारका दुष्यत्नहरू भइरहेका छन्,’ अभियन्ता बमले लेखेकी छन्,‘सायद उनीहरू चुनाव नहोस् भन्ने चाहन्छन्। देश शान्त नहोस् भन्ने चाहन्छन्।’
त्यस्ता तत्त्वले ‘एउटा अर्को भड्खालोमा देशलाई जाक्न पाए’ आफ्नो अभिप्राय पूरा हुन्छ भन्ने सपना बुनिरहेको बमले दाबी गरेकी छन्।
‘अक्टोबर ९ मा फेरी आन्दोलन हुँदैछ भनेर एउटा अफवाह फैलाइदैछ,’ अभियन्ता बमले लेखेकी छन्, ‘म प्रस्ट पार्न चाहन्छु, त्यो आन्दोलनमा म र मेरो साथीहरू कसैको पनि संलग्नता हुनेछैन।’
‘हामी प्रस्ट छौँ, हामीले कुनै पनि किसिमको हिंसात्मक गतिविधिलाई न हिजो समर्थन गरेका थियौँ, न भोलि समर्थन गर्नेछौँ,’ बमले अगाडि लेखेकी छन्।
नागरिक अधिकार, भ्रष्टाचारको विरोध, सुशासन र जबाफदेहिताको खोजीका लागि भएको जेन–जी आन्दोलनलाई धमिल्याउने प्रयास गर्ने कुण्ठित मानसिकता भएकाहरूलाई उनले होसियार रहन चेतावनी दिएकी छन्। उनले भनेकी छन्, ‘हामी तिमीहरूको पनि विरुद्धमा उभिन तयार छौँ।’
यस्तै यस्ता अफवाहबाट सजग रहन उनले जेन–जी पुस्तासँग आग्रह गरेकी छन्। ‘साथीहरू सजग रहनुहोला। साथै कुनै पनि हिंसात्मक गतिविधि र शान्ति प्रक्रियालाई बदनाम गर्न खोज्नेहरूलाई साथ नदिनुहोला,’ अभियन्ता बमले लेखेकी छन्।
सम्बन्धित खबर
बालेनलाई गगनको सुझाव: सचिवालयको मात्र भर नपर्नुस्, राष्ट्रसंघमा तथ्यसहित प्रस्तुत हुनुस्
मुग्लिन–नारायणगढ सडक भोलिदेखि आंशिक बन्द हुने, दैनिक ५ पटक समय निर्धारण गरेर मात्र खुल्ने
महाधिवेशन नरोके कांग्रेस विभाजन हुन्छ, गगनजीलाई सभापति मान्न तयार छौं: लेखक
तिब्बत क्षेत्रमा हिमपहिरो खसेर बनेको तालको पानी रित्तियो, थप विपद्को जोखिम टर्यो
प्रधानमन्त्री बालेनले भने- ‘बाढीपीडितलाई हियाउनु अपराध हो, अपराधीहरूप्रति सरकार निर्मम हुन्छ’
देशमा अन्योल र अनिश्चयको भूमरीको अवस्था छ: प्रचण्ड
यो पनि पढौँ
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी