काठमाडौं । जेन–जी आन्दोलनमा संलग्न विभिन्न समूहरुले पुराना राजनीतिक दलका तेस्रो पुस्ताका नेताहरुलाई दलभित्र हस्तक्षेप गर्न र दलभित्र पनि रुपान्तरणका लागि भूमिका खेल्न आग्रह गरेका छन् ।
‘राजनैतिक दलका तेश्रो पुस्तालाई आह्वान गर्न चाहन्छौं, देशमा झल्किएको परिवर्तनको हुङ्कारलाई पार्टी भित्र पनि लैजानुस्’ उनीहरुले संयुक्त विज्ञप्तिमा भनेका छन्, ‘असल, इमानदार, नैतिकवान्, दयालु, पारदर्शी, जवाफदेही र जनताप्रति सहानुभूति भएका नेतृत्व, सबै राजनीतिक दलमा अपरिहार्य बनेको छ ।’
दल र निहित स्वार्थ समूहप्रति नभई जनताप्रति उत्तरदायी र इमान्दार नेतृत्व चाहिएको भन्दै उनीहरुले नेताहरुको परम्परागत परिभाषा फेर्नुपर्ने भन्दै तथ्यमा आधारित अनुसन्धान, ज्ञान र क्षमतालाई नेतृत्वको मूल मन्त्र मान्नुपर्नेमा जोड दिएका हुन् ।
राजनीतिक विद्रोहबाट मात्रै मुलुकको संरचनागत संयन्त्रमा प्रवेश गरिसकेको भ्रष्टाचार नरोकिने भन्दै उनीहरुले नागरिक समाज र जनतालाई राज्यसंयन्त्रको कामकारवाहीको सशक्त निगरानी गर्न आश्वान गरेका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र पूर्ण मानूपातिक समावेशीता र अर्थपूर्ण सहभागीताको अवधारणालाई आफूहरुले स्विकार गरेको भन्दै उनीहरुले आफूहरुले अहिलेको व्यवस्था भन्दापनि त्यसको नेतृत्वकर्तामा प्रश्न उठाएको स्पष्ट पारेका छन् । उनीहरुले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो शंका राजनैतिक नेतृत्व, राजनैतिक इच्छाशक्ति, दलीय नैतिककता, कार्यप्रणाली र व्याप्त दलियाकरण र दलतन्त्रप्रति हो । यसर्थ, हामी वर्तमान राजनीतिकर्मीलाई खबरदारी पनि गर्न चाहन्छौं ।’
कतिपय नेताहरुले देश लुटेर भ्रष्टाचार गरी सम्पत्ति थुपारेको भन्दै उनीहरुले दलका तेस्रो पुस्तालाई नेतृत्वमाथि खबरदारी गर्न र लुटेको धन फिर्ताको पहल गर्न आह्वान गरेका छन् ।
उनीहरुले पूर्वप्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक, काठमावडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाल लगायतलाई तत्काल पक्राउ गरी छानविन र जाँचबुझ अघि बढाउन माग गरेका छन् ।
‘यो आन्दोलनले सरकार, नेतृत्व र दलप्रति जनताको विश्वास गुमिसकेको ठूलो प्रमाण र चेतावनी दिएको छ’ उनीहरुले विज्ञप्तिमा भनेका छन्, ‘यसका लागि राज्य र आन्दोलनरत पक्षबीच सम्झौता हुनु अत्यावश्यक छ । अन्तरिम सरकारको वैधानिकता स्वीकार्दै यसलाई दिशानिर्देश गर्ने, जवाफदेही बनाउने र भावी सरकारलाई समेत मार्गदर्शन गर्ने गरी सम्झौता अपरिहार्य छ ।’
विज्ञप्ति जारी गर्नेहरुमा इण्डिजिनियस जेन–जी कलेक्टिभ, जेन–जी मुभमेन्ट अलायन्स र हाउ टु देश विकास लगायतका समूहहरु छन् । उनीहरुले ३९ वटा जिल्लाका प्रतिनिधि सहित १२ वटा समूहमा छलफल गरेर सम्झौताको अवधारणापत्र सहितको विज्ञप्ति सार्वजनिक गरेका हुन् ।
सम्बन्धित खबर
विशेष महाधिवेशनबाट कांग्रेस सभापति बने गगन थापा, यस्तो छ निर्वाचित कार्यसमिति (सूचीसहित)
विशेष महाधिवेशनको नाममा पार्टी फुटाएपछि कांग्रेसका ५ प्रदेश र ४८ जिल्ला सभापतिको असहमति
रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा सरकारद्वारा फिर्ता
नेपाली कांग्रेस फुट्यो, गगन, विश्वप्रकाश र फर्मुल्लाह बाहेकलाई पार्टीमा फिर्ता हुन कांग्रेसको अपील
गगन थापा र विश्वप्रकाश शर्मा सहितलाई कांग्रेसबाट निष्काशनको घोषणा
पार्टीको सभापति र देशको प्रधानमन्त्री बन्नेगरी गगनलाई अघि सार्दैछौं : विश्वप्रकाश
यो पनि पढौँ
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
गायक प्रशान्त तामाङ रहेनन्
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोधः वडाध्यक्षले खुकुरी नचाएपछि पक्राउ
विशेष महाधिवेशनको नाममा पार्टी फुटाएपछि कांग्रेसका ५ प्रदेश र ४८ जिल्ला सभापतिको असहमति