काठमाडौँ- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्लाई पूर्णता दिन सक्रियता देखाएकी छन्। जेन्जी आन्दोलनपछि भदौ २७ गते चुनावी सरकारको नेतृत्व सम्हालेकी कार्कीले मन्त्रिपरिषद् विस्तारका लागि आन्दोलनरत पक्षसँग छलफल गरेकी हुन्।
प्रधानमन्त्री कार्कीले जेनजीका प्रतिनिधि मिराज ढुंगाना र सुदन गुरुङसँग सरकारमा थप मन्त्री सहभागी गराउने विषयमा छलफल गरेकी हुन्।
हालसम्म दुईपटक गरेर कार्की मन्त्रिपरिषद्मा आठ जना सदस्य छन्। कम्तिमा ११ जना सदस्यीय मन्त्रिपरिषद् गठन गरी एकजनालाई दुईवटा मन्त्रालयको जिम्मेवारी दिने प्रतिबद्धता अनुसार सरकारमा थप तीन जनालाई सहभागी गराउनेबारे छलफल थालिएको हो।
प्रधानमन्त्री कार्कीले सुदन गुरुङले नेतृत्व गरेको जेन्जीको अर्को समूहसँग पनि छलफल गरेको उनको सचिवालयले जानकारी दिएको छ।
आउँदो फागुन २१ गते चुनाव गराउन प्रधानमन्त्री कार्कीको नेतृत्वमा राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकार गठन गरेका थिए। सरकारमा दलका तर्फबाट एक–एक जना प्रतिनिधि राख्न राष्ट्रपति पौडेलले सुझाव दिए पनि प्रधानमन्त्री कार्कीले सरकारलाई गैरदलीय बनाउने भन्दै अस्वीकार गरेकी थिइन्।
समाजका विभिन्न क्षेत्रमा दलसँग आबद्ध नभई सक्रिय रहेका व्यक्तिहरुलाई सहभागी गराउने उनको चाहना देखिन्छ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए