लगातारको वर्षाले अवरुद्ध बनेका सडकहरू विस्तारै सञ्चालनमा आउन थालेका छन्। सडक विभाग, स्थानीय सरकार र सुरक्षाकर्मीको पहलमा सडकमा रहेको अवरोध हटाउँदै सञ्चालनमा ल्याइएको हो।
नेपाल प्रहरीले साँझ ७ बजे जारी गरेको सूचनामा मध्यपहाडी लोकमार्गको धनकुटा पाख्रिबास नगरपालिका ५ ढिकुरे र कोशी राजमार्गअन्तर्गत साँगुरीगढी गाउँपालिकाको तीन ठाउँमा रहेको अवरोध हटाइएपछि यातायात एकतर्फी सञ्चालनमा आएको उल्लेख छ ।
यस्तै कान्ति लोकपथको मकवानपुर बकैया गाउँपालिका घट्टेपाखा र भिमफेदी गाउँपालिकाको बगुवा खोला तथा मदन भण्डारी राजमार्गको मरिण गाउँपालिकाको सिन्दुरे खण्डको अवरोध हटाएपछि यातायात खुलेको छ ।
अन्य स्थानमा रहेको अवरोध भने हटाउने प्रयास जारी रहेको नेपाल प्रहरीको भनाइ छ। विपी राजमार्गको सुनकोशी गाउँपालिका र रोशी गाउँपालिका खण्ड, पासाङ ल्हामु सडकको रसुवा गोसाईकुण्ड र गोसाईकुण्ड खण्डको तीन ठाउँमा सडक ूपूर्णरुपमा अवरुद्ध छ । यस्तै काशी राजमार्गको संखुवासभा भोटखोला, मकालु, मेची राजमार्गको इलाम नगरपालिका खाण्ड र मध्य पहाडी लोकमार्गको भोजपुर टेम्केमैयुङ खण्ड पनि पूर्णरुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर
प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन्- मुख्यमन्त्री पाण्डे
दशैं मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो
राजमार्गका होटलमा खाना खाँदा यात्रु बिरामी परे चालक र साहुजी दुवैलाई कारबाही गरिने
खगेन्द्र सुनारमाथि रास्वपाको आन्तरिक छानबिन सुरु, औपचारिक कार्यक्रममा सहभागी हुन रोक
खगेन्द्र सुनारको अडियो सार्वजनिकपछि प्रहरीले आन्तरिक रूपमा बुझ्ने र निगरानी गर्ने काम अघि बढायो
आफ्नै साथी जस्तो लाग्छ, कमरेड भन्छ, नजिक आउँछ, ग्याम्म छुरी हान्छ: ओली
यो पनि पढौँ
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
कास्कीबाट काँग्रेस महाधिवेशनमा पदाधिकारीसहित १० जनाको उम्मेदवारी
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु