जेन–जी आन्दोलनको नाममा देखिएको अराजक भीडलाई राष्ट्रिय सम्पदामाथि आगो लगाउन उक्साउनेहरुविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंमा परेको जाहेरी अध्ययनपछि मात्र दर्ता गरिने भएको छ ।
नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालसहितको टोली आज जाहेरी लिएर पुगेकोमा प्रहरीले अध्ययनपछि दर्ता गरिने जनाएको छ ।
प्रहरीले जाहेरी लिएपनि थप अध्ययन र सरकारी वकिलसँग छलफल गरेपछि मात्र दर्ता गर्ने जानकारी दिएको अनेरास्ववियुका पूर्वअध्यक्ष बडालले बताए । जनआस्थासँग उनले भने,‘जाहेरीमा विशेषतः तीन वटा विषय उल्लेख छ । उहाँहरुले जाहेरी लिनुभएको छ तर दर्ता गर्नुभएको छैन । हामीलाई २४ घण्टापछि बोलाउनुभएको छ, हामी फेरि भोलि परिसर जान्छौं ।’
जेन–जी प्रदर्शनमा गोली चलाउन आदेश दिएको आरोप लागेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुपर्ने माग गर्दै जेन–जी समूह र शहिद परिवारले प्रहरीमा जाहेरी दिएपछि एमालेका युवा नेताहरुको टोली आज अपरान्ह परिसर पुगेको हो ।
परिसरले जेन–जी समूहको निवेदन जेन–जी घटनामाथि छानबिन गर्न सरकारले बनाएको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाएको छ भने अनेरास्ववियुको जाहेरीमाथि अध्ययन थालिएको छ । अखिलले काठमाडौं महानगरका बालेन साह र हामी नेपालका सुधन गुरुङलाई उक्त घटनाको मुख्य अभियुक्त किटानी गरेका छन् ।
सम्बन्धित खबर
आन्दोलनका जलाइएकी मेरी श्रीमतीको उपचार राज्यको दायित्व होइन भने कसको हो ?: झलनाथ खनाल
मधेसमा सभामुखको पाँच सांसद पदमुक्त गर्ने निर्णय उपसभामुखले गरिन् बदर
कुलमान घिसिङलाई प्रधानमन्त्रीले मन्त्री पदबाट बिदा गर्नुपर्छ: शंकर पोखरेल
मधेस प्रदेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित, प्रचण्ड माधवसँग ७ बुँदे सहमति
महाधिवेशन विवादले कांग्रेसमा विभाजन ल्याउने चिन्ता
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
अमेरिकाले सुगर, क्यान्सर र मोटोपना भएका बिरामीलाई भिसा नदिने